Fri. Apr 26th, 2024

मनोरंजनसंसार डटकम
यतिबेला नेपाली गीत संगीतले नया बाटो फेरिरहादा देशका कुनाकुना देखि नया प्रतिभाहरु बाहिर आइरहेका छन् । नव कलाकारहरुको आगमन यति बेला निकै तीव्र रहेको छ । रहरले आउनेको संख्या त अझै बढी छ तर रहरको साथमा केहि कुराको ज्ञान र अनुभवले यस क्षत्रमा प्रवेश गर्नेको पनि हामी माझ सुची रहेको छ । त्यसै सुचि भित्र पर्ने सफल एक नाम हो नव गायक डी.बि लिम्बु । यो नाम यति बेला सबैको लागि नया छ तर यो नाम भित्रको प्रतिभा भने पक्कै पनि नौलो रहेको छैन । नेपालको तेह्रथुम देखि नेपाली गीत संगीतको यात्रा सुरुवात गरेका उनले यति बेला आएर भने आफ्नो यात्रालाई सहि दिशा निर्देश गर्दैछन् । त्यहि स्वरूप उनले आफ्नो “सुरुवात” नामक पहिलो एल्बम यति बेला बाहिर लिएर आउने तयारी गरिरहेका छन् ।
d.b-limbu
उक्त एल्बमको “तिम्ले बिर्सी गएपनि” बोलको गीत भने केहि समय अगाडी नै बाहिर सार्वजनिक भईसकेको छ । इमोशनल शैलीमा तयार भएको उक्त गीतमा दिपेन्द्र खड्काको शब्द र सिडी विजय अधिकारीको संगीत रहेको छ । उक्त गीतमा नव गायक डी.बि लिम्बुले आफ्नो सुमधुर स्वर भरेका छन् । उनको यो दर्शक श्रोताहरुको लागि पहिलो कोसेली रहेको कुरा समेत उनले बताएका छन् । यस्तै आफ्नो पहिलो कामलाई दर्शक श्रोताहरुले माया अनि साथ दिनुहुने विश्वास समेत उनले राखेका छन् । यस्तै उनले आफ्नो आउदै गरेको एल्बमको बारेमा पनि कुरा खोलेका छन् । उनको अनुसार उनको एल्बममा सबै खालका गीत संगीतहरु समावेश रहेको छ । दर्शक श्रोताहरुले सबै खालका गीत संगीतको मजा यस एल्बम देखि लिन पाउनु हुने कुरा उनले बताएका छन् ।
पहिलो भए पनि धेरै मेहेनत आफुले यस एल्बममा गरेको उनले उल्लेख गरेका छन् । दर्शक श्रोताहरुको यति बेलाको मागलाई आफुले सक्दो पुरा गर्ने प्रयास गरेको कुरा समेत उनले बताए । सानै देखिको गीत संगीतको नशा र त्यस पछिको उनको मेहेनत र परिश्रम आफुले यहाँ सम्म आइपुग्दाको यात्रा निकै धेरै मेहेनतका साथ पार गरेको उनको भनाई रहेको छ । उनले गीत संगीतको ज्ञान र अनुभव बटुलेर नै आफ्नो पहिलो पाईला अगाडी बढाएको कुरा समेत बताएका छन् । यस पछिको आफ्नो सांगीतिक यात्रा अझै बढी सशक्त रहने कुरा पनि उनले स्पष्ट पारेका छन् । त्यसको लागि पनि आफुले भरपुर तयारी गरिरहेको कुरा उनले बताए । नेपाली गीत संगीतलाई आफ्नो पहिलो प्राथमिकतामा रहेको कुरा बताउने उनले आफ्नो जीवन सांगीतिक यात्रामा नै व्यतित गर्ने कुरा समेत उल्लेख गरेका छन् ।
d.b-limbu
आफुलाई अगाडी बढ्नको लागि दर्शक श्रोताहरुको माया अनि साथको आफुलाई धेरै नै आवश्यकता रहेको कुरा उनले बताएका छन् । यस्तै उनले दर्शक श्रोताहरु नै आफ्नो लागि भगवानको स्वरूप रहेको र सबै कुरा उहहरुमा नै समर्पित रहेको कुरा पनि स्पष्ट पारेका छन् । तसर्थ उनले आफुले अब आगामी दिनहरुमा अझै राम्रो राम्रो प्रस्तुतिहरु बाहिर लिएर आउने प्रयास गर्ने र कहिले पनि उहाहरुलाई निराश पार्ने काम नगर्ने प्रतिबध्ता समेत जाहेर गरेका छन् । यस्तै उनले देशमा तथा बिदेशमा रहनु भएका सम्पूर्ण नेपाली दर्शक श्रोताहरुलाई आफ्नो प्रस्तुति हेरेर सुनेर आफ्नो प्रतिक्रिया , सल्लाह सुझाबको साथमा अगाडी बढ्ने हौसला प्रदान गरिदिनुहुन र सधैब नेपाली गीत संगीतलाई माया अनि सम्मान गरिदिनुहको लागि हृदय देखि नै हार्दिक अनुरोध समेत गरेका छन् ।
हेर्नुस गीत :

Leave a Reply

%d bloggers like this: