Fri. Apr 19th, 2024

मनोरंजनसंसार डटकम
यति बेला नेपाली गीत संगीत क्षत्रको विकास संगै नया नया गीत संगीत त्यो पनि नयापन र फरक शैलीमा बाहिर आउने क्रम जारी छ । अहिले हेर्दा अधिकांश युवा जनशक्ति नै नेपाली गीत संगीतमा नै सक्रिय भएर लागिपरेको देख्न सकिन्छ । यस्तै एक व्यक्ति हुन् नव रचनाकार मोहन मगर ( मन ) । उनि यस नेपाली गीत संगीत क्षत्रमा भर्खरै मात्र आफ्नो पाईला चाल्ने क्रममा छन् । तर यो पाईला पनि निकै धेरै कुरा बुझेर र सोचेर उनले चालिरहेका छन् । नेपाली दर्शक श्रोताको यतिबेलाको टेस्टलाई राम्रो संग बुझेका उनले अरु भन्दा केहि फरक प्रस्तुति राख्ने प्रयास गरेका छन् । केहि समय अगाडी मात्र उनको “मन” नामक एल्बमको तयारी भईरहेको खबर बाहिर आएको थियो । अहिले उक्त एल्बमको “हरियाली तिम्रो जीवन” बोलको गीतको म्युजिक निर्माण कार्य पनि सकिएको छ । रचनाकार मोहन मगरको शब्द रचनामा तयार भएको उनको यस गीतमा सबिन लिम्बुले आफ्नो सुमधुर स्वर भरेका छन् ।
mohan-magar
यस्तै गीतको म्युजिक भिडियो पनि राम्रो बनेको छ । चन्द्र स्याँङतानको छायांकन र निर्देशनमा तयार भएको गीतको म्युजिक भिडियोमा नक्कले प्रेम सिंगर र पुजा लामाले अभिनय गरेका छन् । गीतको छायांकनको केहि तस्बिरहरु बाहिर सार्वजनिक भएको छ जसमा हामी प्रेमभावको कुराहरु हेर्न सक्छौ । प्रेम दिवसको छेको परेर रचनाकार मोहन मगरले यस गीतको म्युजिक भिडियोको केहि तस्बिरहरु बाहिर सार्वजनिक गरेका हुन् । आफ्नो यो गीत पनि माया गर्ने जोडीहरुको लागि समर्पित रहेको उनले उल्लेख गरेका छन् । अबको केहि समयमा नै उक्त गीत बाहिर सार्वजनिक हुने कुराको उनले प्रष्ट पारेका छन् ।
mohan-magar
नेपाल बाहिर रहेर नेपाली गीत संगीतमा सक्रिय हुनेमा उनको पनि नाम पनि पर्दछ । विदेशको दुख पिडा र त्यहाको कामको भोगाई यो सबै कुरालाई पनि सहेर नेपाली गीत संगीतमा सक्रिय हुनु भनेको सानो कुरा भने पक्कै पनि होइन । नेपाली गीत संगीत आफ्नो पहिलो प्राथमिकतामा पर्ने बताउने उनले आफ्नो एल्बमको बारेमा पनि केहि कुराहरु उल्लेख गरेका छन् । उनको अनुसार उनको मन नामक आउदै गरेको एल्बममा सबै खालका गीतहरु समावेश गरिएको छ । दर्शक श्रोताहरुले फरक फरक शैलीको गीत संगीत यस एल्बम भित्रबाट पाउनु हुने कुरा उनले बताएका छन् । पहिलो पटक भएता पनि धेरै नया कुराहरुको मिश्रण आफुले यस एल्बम भित्र गर्ने खोजेको उनले बताए ।
mohan-magar
यस्तै सधैब आफु नेपाली गीत संगीतमा नै रहने र दर्शक श्रोताहरुलाई राम्रो राम्रो प्रस्तुति दिने प्रयास गर्ने बताएका छन् । यस मन एल्बम पछिको आफ्नो आगामी प्रस्तुति अझै राम्रो हुने र त्यसको पनि यति बेला तयारी भईरहेको जानकारी समेत उनले दिएका छन् । दर्शक श्रोताहरुको माया र साथले नै आफुलाई अगाडी बढ्नको लागि हौसला मिल्ने कुरा उनले बताए । यस्तै उनले जहाँ रहनु भए पनि सधैब नेपाली गीत संगीतलाई माया गरि आफ्नो प्रस्तुतिलाई समेत हेरेर सुनेर आफ्नो प्रतिक्रिया , सल्लहा सुझाबको साथमा अगाडी बढ्ने हौसला समेत सधैब प्रदान गरिदिनुहुनको लागि सम्पूर्ण दर्शक श्रोताहरुलाई हृदय देखि नै बिनम्र अनुरोध समेत गरेका छन् ।

Leave a Reply

%d bloggers like this: