Wed. May 1st, 2024

मनोरंजनसंसार डटकम
नेपाली गीत संगीतको दुनियामा एउटा नाम यति बेला सबैको मन मुटु र मुखमा छ उक्त नाम हो गायक हेमन्त राना । उनको गीत संगीतले धेरैको मनमा छुट्टै ठाउँ बनाएको छ । दर्शक श्रोताहरुको उनको प्रस्तुतिको लागि आतुर भएर बसेको अवस्था रहेको हुन्छ । यहि सांगीतिक यात्राको दौरानमा यति बेला गायक हेमन्त रानाले दर्शक श्रोताहरुको लागि “साईली” नामक गीत बाहिर सार्वजनिक गरेका छन् । केहि दिन अगाडी सुरुमा लीरिकल भिडियो सार्वजनिक गरेको उनले अहिले भने पुरा भिडियो नै सार्वजनिक गरेको छन् । यस गीतमा शब्द हिमाल साउद र कालीप्रसाद बास्कोटाको रहेको छ भने कालीप्रसाद बास्कोटाले नै गीतमा मधुर संगीत भरेका छन् । गीतमा गायक हेमन्त रानाले सुमधुर मिठो स्वर भरेका छन् ।
hemant-rana
गीतको म्युजिक भिडियो पनि अत्याधिक राम्रो बनेको छ । उज्ज्वल जोशीको छायांकनमा गीतको निर्देशन पनि गायक हेमन्त रानाले नै गरेका हुन् । उनको गायिकीले सबैको मनमा राज गरेकै थियो भने उनको निर्देशनले पनि यति बेला धेरै नै राम्रो चर्चा बटुल्यो । उनको निर्देशनमा अभिनेता गौरव पहारी र मेनुका प्रधानले गीतको म्युजिक भिडियोमा उत्कृष्ट अभिनय प्रस्तुत गरेका छन् । केहि समय सार्वजनिक अगाडी लीरिकल गीतले नै धेरै चर्चा बटुलिसकेको अवस्थामा यति बेला भिडियो सार्वजनिक संगै गौरव र मेनुकाको अभिनयले गीतको सफलतामा अर्को इट्टा थप्ने काम गरेको छ ।
menuka-pradhan
यस्तै यस गीतको शब्द र त्यसको भाव नै धेरै गहकिलो रहेको छ । कसैको पनि मनमा निकै छिटो बस्न सक्ने खालको सरल शब्द यस गीतमा प्रयोग गरिएको छ । गीतको संगीतले पनि धेरैको मनमा धेरै कुराको महसुस गराउदछ ।
menuka-pradhan
गीतले अहिले सम्मको नेपाली गीत संगीत र चलचित्रको गीत संगीत समेत मिलाएर एकैचोटी सबैको रेकर्ड तोडेको छ । गीतलाई २४ घण्टा बित्न नपाउदै करिव ६ दर्शकहरुले हेरिसकेका थिए भने यति बेला २४ घण्टा बित्दा उक्त भिडियोलाई हेर्ने दर्शकहरुको संख्या करिव ८ लाख पुग्ने क्रममा रहेको छ । गीतले यति बेला सर्भादिक सफलता पाइरहेको अवस्था रहेको छ । युटुबमा दर्शकहरुले गरेको कमेन्टको ओहिरो लागेको छ । सबैले मनै छुने र छिनमै रुवाने अहिले सम्मको सर्भादिक राम्रो गीत भनेर आफ्नो प्रतिक्रिया दिएका छन् । यस किसिमको राम्रो र उत्कृष्ट गीत तयार हुनु भनेको पक्कै पनि नेपाली गीत संगीतमा नयापन आउनुको साथै नया दिशा तर्फ फड्को मार्नुको राम्रो संकेत देखिन्छ ।
हेर्नुस गीत :

Leave a Reply

%d bloggers like this: