Thu. Apr 18th, 2024

मनोरंजनसंसार डटकम
अर्को बर्ष जेठ १९ गतेको प्रदर्शन मिति तय गर्दै अगाडी बढेको चलचित्र “तारेभीर” ले आफ्नो पहिलो टिजर सार्वजनिक गरेको छ । सार्वजनिक टिजरले केहि सस्पेन्स कथाको संकेत गर्दछ । सार्वजनिक टिजर अनुसार हामी चलचित्रमा प्रेम सम्बन्ध , मित्रता र पारिवारिक कथाको मिश्रण हेर्न सक्छौ । चलचित्रमा एक्शन पनि बेजोड प्रस्तुति समावेश गरिएको छ । चलचित्रले केहि समय अगाडी नै आफ्नो पहिलो गीत समेत सार्वजनिक गरिसकेको छ । लोक शैलीमा तयार गरिएको उक्त “निलो निलो खुल्ला आकाश”बोलको गीतले पनि राम्रै चर्चा कमाईरहेको छ ।
taarebhir
यस्तै चलचित्रले ठाउँठाउँमा बिशेष शो प्रदर्शनीको कार्य समेत थालनी गर्न सुरु गरेको छ । यसै अन्तर्गत चलचित्रको पहिलो बिशेष शो प्रदर्शनी भने धरानमा हुने भएको छ । निर्माण पक्षेको अनुसार चलचित्रले फाल्गुन २ गते धरानको गणेश टाकिजमा बिशेष शो प्रदर्शन गर्ने भएको छ । यस्तै चलचित्रका निर्माता डियो कृष्ण दिवानले सबैलाई चलचित्रको बिशेष प्रदर्शनीमा सहभागिताको लागि हृदय देखि नै अनुरोध समेत गरेका छन् ।
taarebhir
यस्तै चलचित्रको सेन्सर समेत पास भएको छ । चलचित्र सेन्सर बोर्डले चलचित्रलाई “पीजी” सर्टीफिकेट प्रदान गरेको छ । यही हिसाबले यति बेला निर्माण पक्षे चलचित्रको बिशेष प्रदर्शनीको लागि उपत्यका बाहिरको भर्मणमा ब्यस्त रहेको छ । नेकस्ट जेनेरेसन इन्टरटेनमेन्टको प्रस्तुति रहेको चलचित्रमा विष्णु चेम्जोङ, नविन कार्की, रेखा फागो, प्रेम सुब्बा, जयनन्द लामा, मञ्जु श्रेष्ठ र रञ्जित राना लगायतको कलाकारहरुको मुख्य अभिनय रहेको छ । चलचित्रलाई प्रेम सुब्बाले निर्देशन गरेका छन् । चलचित्रका निर्माता भने डियो कृष्ण दिवान हुन् ।
हेर्नुस टिजर :

Leave a Reply

%d bloggers like this: