Sat. May 4th, 2024

मनोरंजनसंसार डटकम
बिहिवार राजधानीको जमल स्थित नाचघरमा दर्शकहरुको घुइचो देखियो । तर त्यो घुइचो कुनै आन्दोलन या कुनै पार्टी आमसभाको भने पक्कै पनि होइन । त्यस दिन त्यहाँ हिलिहाङ हाक्पारे पालाम् सयङ र संस्कृतिक संस्थानको आयोजना लिम्बु गीतहरुको एकल साझ कार्यक्रम भएको थियो । उक्त कार्यक्रममा अधिक दर्शकहरुको भिड लागेको थियो । आयोजक संस्थानले कार्यक्रमको लागि कुनै टिकटको नियम बनाएको थिएन । कार्यक्रममा धेरै कलाकारहरुको उपस्थिति रहेको थियो जसमा सबैले संगीतकार प्राज्ञ श्री अशोक लोहोरुङ राईद्वारा संगीत भरिएको लिम्बु गीतहरु गाए ।
susan-samsohang-limbu
कार्यक्रम निकै भब्य र शब्य रुपमा सम्पन्न भयो । सबै कलाकारहरुको भिडमा एक नाम भने निकै नै धेरै गुन्जियो । उक्त नाम हो गायक सुसन साम्सोहाङ लिम्बु । कार्यक्रममा उनको प्रस्तुतिले धेरैको मन खुशी बनायो । सबैतिर उनको चर्चा र प्रशंसा मात्र देखियो । हुन त उनको नाम यति बेला नौलो भने पक्कै पनि छैन । धेरै लामो समय नेपाली गीत संगीतमा बिताएका उनले आफ्नो प्रस्तुतिलाई यति बेला धेरै नै निखारिसकेका छन् । उनले लिम्बु स्वरको सम्राट भनेर टाईटल समेत प्राप्त गरिसकेका छन् । धेरै सम्मान देखि सम्मानित भईसकेका उनले नेपाली दर्शक श्रोताहरुको मनमा आफ्नो छुट्टै किसिमको पहिचानको निर्माण गरिसकेका छन् । यस्तै नेपाली इतिहासमा पहिलो पटक लिम्बु भाषित चलचित्र र गीत संगीतलाई समेट्दै फाल्गुनन्द लिङ्ग्देन फिल्म्सले केहि समय अगाडी आयोजना गरेको सम्मान कार्यक्रममा समेत गाएक सुसन साम्सोहाङ लिम्बुले “F.L.F.AWARD 2073″ बेस्ट सिंगर मेल विधाको उपाधि हात पारिसकेका छन् । यो पहिलो पटक आयोजना भएको सम्मान कार्यक्रममा लिम्बु गायकहरु मध्य पहिलो पटक गाएक सुसन साम्सोहाङ लिम्बुले सर्वोतकृष्ट गाएकको उपाधि हात परेका हुन् ।
susan-samsohang-limbu
susan-samsohang-limbu
उनले नेपाली गीत संगीत मात्रै नभएर आफ्नो लिम्बु भाषाको गीत संगीतमा पनि आफ्नो नाम माथि लिएर आइसकेका छन् । कार्यक्रममा उनको प्रस्तुति भईरहदा सिट्टी र तालीको त बर्षात नै भएको देखियो । उपस्थित सबै उनको बेजोड प्रस्तुतिमा झुमेको देखियो । अहिलेको स्थितिमा पुरानो कलाकारको हैसियतले उनि नेपाली गीत संगीतमा धेरै नै सक्रिय रहेका छन् । उनले केहि समय अगाडी मात्र आफ्नो “सोल्टिनी” नामक एल्बम बाहिर सार्वजनिक गरेका थिए जसले धेरै सफलता समेत प्राप्त गर्यो । यतिबेला सारा दर्शक श्रोताहरुलाई उनको नया प्रस्तुतिको पर्खाई रहेको छ जसको लागि उनले धेरै नै मेहेनतका साथ तयारी समेत गरिरहेका छन् । अबको प्रस्तुति पनि आफ्नो पछिल्लो प्रस्तुतिहरु जस्तै नया अनि फरकको साथमा सबैको ढुकढुकीमा बस्न सक्ने खालको हुने उनको भनाई रहेको छ ।
susan-samsohang-limbu
नेपाली गीत संगीतलाई आफ्नो पहिलो प्राथमिकतामा राख्ने उनले आफ्नो धेरै लामो समय यसै क्षत्रमा व्यतित गरिसकेका छन् । नेपाली गीत संगीत र नेपाली दर्शक श्रोतालाई अधिकतम सम्मान गर्ने उनको प्राय संस्कृतिक कार्यक्रमहरुको सहभागिताको साथमा प्रस्तुति समेत हुन्छ । आयोजित संस्कृतिक कार्यक्रममा उनको उपस्थिति र प्रस्तुतिले कार्यक्रमको माहोल नै परिवर्तन गराउदछ । दर्शकहरु उनको प्रस्तुति हेर्नको लागि लालाहित हुन्छन । नेपाली गीत संगीतमा उनको योगदान धेरै नै अपरिहार्य रहेको छ । उनले आफु कहिले पनि नेपाली गीत संगीत देखि पछि नहट्ने र सधैब यसमा नै लागिपर्ने बताएका छन् । उनले दर्शक श्रोताहरुको माया र सम्मलाई सम्मान गर्दै सधैब यस्तै किसिमको साथको उहाहरुबाट आशा गरेको बताए । यस्तै उनले अब अगाडी अझै राम्रो प्रस्तुति लिएर आउने प्रयास गर्ने भन्दै सधैब आफ्नो प्रस्तुतिलाई हेरेर सुनेर आफ्नो प्रतिक्रियाको साथमा सल्लहा सुझाब र हौसला समेत आफुलाई प्रदान गरिदिनुहुनको लागि सम्पूर्ण देशमा तथा बिदेशमा रहनु भएका नेपाली दर्शक श्रोताहरुलाई हृदय देखि नै अनुरोध समेत गरेका छन् ।

Leave a Reply

%d bloggers like this: