Fri. Mar 29th, 2024

मनोरंजनसंसार डटकम
यति बेला एउटा विवादले बजार तताएको छ । प्रशंग हो बजार वितरक गोबिन्द शाही र गोपाल कायस्थ । विवादको क्रम चलचित्र “किङ” को वितरण देखि सुरु भएको हो । केहि समय अगाडी मात्र गोबिन्द शाहीले लिएको चलचित्र “किङ” लाई गोपाल कायस्थले खोस्ने कोसिस गरेको कुरा पनि बाहिर आएकै हो । अन्तत चलचित्र प्रदर्शन भयो र चलचित्रले राम्रै व्यापार पनि गर्यो तर विवाद भने रोकिएन । अब यति बेला कारोबारको कुरामा विवाद चुलिएको छ ।
बजार वितरक गोबिन्द शाहीको अनुसार गोपाल कायस्थले कारोबारमा आफ्नो धाक जमाउन खोजेको आरोप छ । चलचित्र किङ को कारोबारमा गोपाल कायस्थले घोटाला गर्दै आफुलाई नोक्सान गरेको कुरा उनले बताएका छन् । यसैको छानबिनको लागि उनले चलचित्र संघमा निवेधन समेत पेश गरेका थिए । तर चलचित्र संघको महासचिवको समेत गोपाल कायस्थ संग मिलो मतो देखियो जसको कारण निवेधन दिएको ४ दिन बित्दा समेत कुनै सुनवाई र छानबिन भएन । त्यस लगतै गोपाल कायस्थको मिलो मतोमा चलचित्र संघको नियम बिपरित गएर महासचिवद्वारा प्रत्येक हलमा गोबिन्द शाहीको उठाउन बाँकी रहेको रकम रोक्नको लागि एकतर्फी रुपमा पत्र काट्यो जुन बिल्कुलै गलत हो । यहाँ महासचिवले पनि आफ्नो स्वार्थमा रहेर आफ्नो पदको दुरुपयोग गरेको कुरा प्रष्ट हुन आउछ । अन्तत आफ्नो निवेधन प्रति कुनै किसिमको सुनवाई नभए पछि गोबिन्द शाही आफै चलचित्र संघमा पुगे । त्यहाँ पुगेर केहि समयको पर्खाई पछि गोपाल कायस्थको आगमन भयो । गोबिन्द शाहीले कुराको छिनोफानो गर्न खोज्दा गोपाल कायस्थले उनि संग चर्किएर झगडा गर्न खोजे ।
gobinda-shahi
त्यसको दौरानमा उनले गोबिन्द शाही माथि अश्लिल शब्द समेत प्रयोग गरे । तर पनि गोबिन्द शाहीले कार्यालय भित्र यस किसिमको व्यवहार नदेखाउन आग्रह गर्दै बाहिर गएर कुरा छिनोफानो गर्न अनुरोध गर्दा गोपाल कायस्थले उल्टो पुलिसलाई फोन गरेर आफु माथि हातपात गरेको खबर दिए जुन सरासर गलत रहेको त्यहाँ उपस्थित प्रत्यक्ष दर्शीहरुले बताएका छन् । पैसाको पर्लोवनमा परि गोपाल कायस्थले जुन किसिमको व्यवहार देखाए र चलचित्र संघको महासचिव जस्तो गरिमामय पदको दुरुपयोग गर्दै जुन अन्याय गोबिन्द शाही माथि भयको त्यसले उनको चरित्र हत्या गर्ने प्रयास समेत भएको छ । यस्तै आज चलचित्र संघका महा सचिवले पदको दुरुपयोग गर्दै बजार वितरक गोबिन्द शाहीको अब आउने चलचित्र प्रदर्शन नगर्ने एकलौटी व्यक्तिगत निर्णय गरेको छ । यो निर्णय बिल्कुलै व्यक्तिगत भएको र संघको नियम बिपरित गएर आफ्नो व्यक्तिगत स्वार्थको परिपूर्तिको लागि गोपाल कायस्थको मिलोमतोमा बजार वितरक गोबिन्द शाही माथि ठुलो षडयन्त्र रचिएको कुरा बाहिर आएको छ । यस्तै आफु चलचित्र संघको सदस्यको हैसियतले पनि वितरक गोबिन्द शाहीले उक्त महासचिवको व्यक्तिगत निर्णयको घोर भर्सनाको साथमा बिरोध समेत गरेका छन् |
gobinda-shahi
चलचित्र “किङ” को प्रदर्शन मिति असोजमा रहेको तर गोपाल कायस्थको बदमासीले गर्दा उक्त मितिमा चलचित्र प्रदर्शन हुन सकेन र पुसमा आएका चलचित्र प्रदर्शन हुन बाध्य भएको कुरा वितरक गोबिन्द शाहीले बताएका छन् । तसर्थ १६ लाख आफ्नो लगानी र गोपाल कायस्थको बदमासीको कारण चलचित्र तोकिएको समयमा प्रदर्शन नहुदाको ३ लाख रुपैया नोक्सानीको क्षतिपूर्ति आफुलाई गोपाल कायस्थले दिनुपर्ने माग राख्दै बजार वितरक गोबिन्द शाहीले हनुमानढोकामा निवेधन दर्ता गरेका छन् ।

Leave a Reply

%d bloggers like this: