Sun. May 19th, 2024

मनोरंजनसंसार डटकम
नेपालका युवा सुपर स्टारका नामले परिचित नायक अनमोल केसीको पछिल्लो सर्भादिक चलचित्र गाजलु अब युटुबमा सार्वजनिक भएको छ | ओयसार डिजिटल कम्पनीले यस चलचित्रलाई सबै दर्शकहरुको लागि सामाजिक संजाल युटुबमा सार्वजनिक गरेको हो | चलचित्र गाजलु यो बर्षको सुपरहिट चलचित्रको सुचिमा पर्दछ | चलचित्र प्रदर्शनको क्रममा नेपालका हलहरुले दर्शकहरुको भिड थाम्न नसक्ने स्थिति समेत सृजना समेत भएको थियो |
gajalu
चलचित्र गाजलु का निर्देशक हेम राज बिसी रहेका छन् | उनले यो भन्दा अगाडी पनि ड्रिम्स जस्तो सफल चलचित्र निर्माण गरेर दर्शकहरुको नजरमा आफ्नो छुट्टै स्थान बनाईसकेका छन् | अब उनको निर्देशनमा ग्यांगस्टर ब्लुज नामक चलचित्रको निर्माणको तयारीमा रहेको छ | यसका अलावा उनि अहिले अरु पनि थुप्रै प्रोजेक्टको गृहकार्य गर्दैछन् |
gajalu
चलचित्र गजलुका निर्माता रोहित अधिकारी हुन् | उनले यसै चलचित्र मार्फत नै नेपाली चलचित्र जगतमा हात हालेका थिए र पहिलो पटकमै उनि सफल पनि भए | दर्शकहरुले उनको चलचित्रलाई आत्मियको साथमा सम्मान गरे | अहिले अनि आफ्नो दोस्रो चलचित्रको निर्माणको तयारीमा ब्यस्त छन् जसमा उनले गाजलु निर्देशक हेम राज बिसी संगै टिमअप समेत गरिसकेका छन् | अब उनको निर्माणमा बन्न लागेको चलचित्रको बारेमा अहिले गृहकार्य भैरहेको कुरा उनले जानकारी दिएका छन् |
gajalu-mm
रोहित अधिकारी फिल्म्स र बिसी मोसन पिक्चर्सको ब्यानरमा तयार भएको चलचित्र गाजलु मा अनमोल केसी , सृष्टि श्रेष्ठ , गौरव पहारी , मेनुका प्रधान , सलोन बस्नेत , गौरी मल्ल , कृष्ण मल्ल , बिश्व बस्नेत , ऋतिक शाही लगाएतका कलाकारहरुको मुख्य भुमिका रहेको छ | चलचित्रमा सैलेन्द्र डी. कार्कीको छायांकन र केशव थापाको नृत्य निर्देशन रहेको छ |
हेर्नुस पुरा चलचित्र :

Leave a Reply

%d bloggers like this: