Sat. Apr 20th, 2024

मनोरंजनसंसार डटकम
पुस १५ गते देखि देशभरका हलहरुबाट एकैसाथ प्रदर्शन आरम्भ गर्न लागेको चलचित्र “समर्पण” ले आफ्नो नया गीत सार्वजनिक गरेको छ | “आँखैले आँखाको” बोलको गीतमा टंक बुढाथोकी र मनिषा पोखरेलले आफ्नो सुमधुर स्वर दिएका छन् | त्यस्तै गीतमा शब्द संगीत पनि स्वयम टंक बुढाथोकीकै रहेको छ | गीतमा बिश्वास लामाको नृत्य निर्देशन रहेको छ |
चलचित्रमा रोजन रखाल , रन्जु शर्मा , रूवी शर्मा, प्रयास तामाङ, विश्वास तामाङ, अनु पराजुली लगायतका कलाकारहरुको अभिनय रहेको छ | त्यसै गरि चलचित्रका निर्माता रोजन खनाल रहेका छन् | चलचित्रका साथी बिचको गहिरो मित्रताको सम्बन्धको बिषयलाई नै केन्द्र बिन्दु बनाईएको कुरा निर्माण पक्षेले बताएको छ | चलचित्र निकै राम्रो बनेको र चलचित्रमा समावेश कथा वस्तु र प्रस्तुति उत्कृष्ट भएकोले यसले दर्शकहरुलाई भरपुर मनोरंजन प्रदान गर्ने विश्वास निर्माता रोजन रखालले ब्यक्त गरेका छन् |
samarpan
चलचित्रलाई निर्देशक बसन्त निरौलाले निर्देशन गरेका छन् | उनले यो भन्दा अगाडी “विजयपथ”, “राजनीति” र “आवेग” जस्ता चलचित्रको निर्देशन गरिसकेका छन् | कार्यक्रममा बोल्दै उनले यसपटक नया कलाकारहरु संग आफुले नया हिसाबले काम गरेको र चलचित्रलाई पूर्ण रुपमा न्याय गर्ने कोसिस गरेको कुरा उनले बताए | त्यस्तै चलचित्रमा अधिकांश नया कलाकारहरुको अभिनय भए पनि आफुले सबैको अभिनयलाई निखारेर राम्रो प्रस्तुति दिने प्रयास गरेको कुरा पनि उनले उल्लेख गरेका छन् |
हेर्नुस गीत :

Leave a Reply

%d bloggers like this: