Sun. May 19th, 2024

मनोरंजनसंसार डटकम
अष्टनारायण प्रा.लि को ब्यानरमा निर्माण हुदै गरेको चलचित्र “हिटलर” अहिले आफ्नो छायांकनको अन्तिम चरणमा रहेको छ | चलचित्रको छायांकन अब मात्र २ दिनको रहेको र ९७ प्रतिशत छायांकन सकिसकेको जानकारी चलचित्रका निर्देशक सौरव ढकालले दिएका छन् | चलचित्रको अहिले काठमाडौँको केहि स्थानमा छायांकन भैरहेको छ |
hitler
चलचित्रले आफ्नो छायांकनको पहिलो सेडियुल मुगु जिल्लाको रारा ताल नजिक सकेर आइसकेको छ | त्यसै गरि चलचित्र निर्माण पक्षेले उक्त छायांकनको केहि तस्बिरहरु समेत सार्वजनिक गरेको छ | सार्वजनिक तस्बिरमा हामी चलचित्रका नायक सोहित मानन्धर र नव नायिका सामिया बर्तौलालाई हामी रारा तालको नजिक रोमान्स गरिरहेको देख्न सक्दछौ | नरेश भट्टराईको शब्द र लोचन घिमिरेको संगीत रहेको उक्त गीतमा कृष्ण के अछामीले नृत्य निर्देशन गरेका छन् |
hitler
hitler
यसै गरि चलचित्रले आफ्नो प्रदर्शन मिति समेत तय गरेको छ | चलचित्र आउदो बर्ष जेठ १२ गते देखि देशभरका हलहरुबाट एकैसाथ प्रदर्शनमा आउने छ | चलचित्रमा सोहित र सामिया संगै मेनुका प्रधान , अर्जुन गुरुङ , दिवश धिताल लगाएतका कलाकारहरुको मुख्य अभिनय रहेको छ | चलचित्रकी नव नायिका सामिया बर्तौलाले यसै चलचित्र मार्फत नेपाली चलचित्र जगतमा डेब्यु समेत गर्दैछिन् |
hitler
hitler
चलचित्रको कथा वस्तु प्रेम सम्बन्धमा आधारित रहेको कुरा निर्माण पक्षेले बताएको छ | निकै नै राम्रो खुराकहरुको मिश्रण गरिएको यस चलचित्रको गीत संगीत पक्षे र प्रस्तुतिलाई निर्माण पक्षेले बलियो पक्षे मानेको छ | चलचित्रको निर्माणमा आफुले कुनै पनि किसिमको कमि कमजोरी नराखेको कुरा निर्देशक सौरव ढकालले बताएका छन् | चलचित्रको कथा वस्तु र प्रस्तुतिले दर्शकहरुलाई भरपुर मनोरंजन प्रदान गर्ने विश्वास समेत उनले व्यक्त गरेका छन् | चलचित्रको बजार व्यवस्थापनको जिम्मा काफिया फिल्म्स प्रा.लि ले लिएको छ |

Leave a Reply

%d bloggers like this: