Fri. May 3rd, 2024

मनोरंजनसंसार डटकम
देशभरका हलहरुमा भव्यताका साथ प्रदर्शन भईरहेको चलचित्र “पुरानो डुंगा” ले २ दिनमा नै नेपालभरमा १ करोड ५० लाखको व्यापार गर्न सफल भएको छ | यस चलचित्रको निर्माता , बजार वितरक र हल ब्यवसाईहरुको अनुसार यो जानकारी प्राप्त भएको हो | चलचित्र प्रदर्शनको पहिलो दिनमै नै चलचित्र हेर्न हलमा दर्शकहरुको ओईरो लागेको थियो | त्यसै गरि पहिलो दिनमा नै अधिकांश दर्शकहरुले टिकट नपाएर घन्टौ पर्खिनु परेको थियो | यसै गरि दोस्रो दिनको अवस्था पनि त्यस्तै नै रहयो | दर्शकहरुको बिहानै देखिको भिडलाई हलहरुले थेग्न सकेन | सम्पूर्ण हलहरुमा बिहानै देखि नै दर्शकहरुको अत्याधिक चाप देखिन्थ्यो | दर्शकहरुले चलचित्र प्रदर्शनको दोस्रो दिन पनि टिकट नपाएको खबर आएको थियो | दर्शकहरुले बरु केहि समय पर्खेर पनि चलचित्र “पुरानो डुंगा” नै हेर्न प्रतिक्रिया समेत दिएका थिए |
purano-dunga
purano-dunga
purano-dunga

चलचित्रको यस किसिमको सफलताले आज नेपाली चलचित्र क्षत्रको शिर नै उच्च पारेको छ | चलचित्रले यति बेला उपत्यका भित्र मात्र नभएर मोफसलका हलहरुमा समेत तहल्का मच्चाई रहेको छ | चलचित्र हेरिसकेपछि अधिकांश दर्शकहरुले चलचित्र कथा वस्तु र कलाकारहरुको अभिनय निकै नै राम्रो रहेको बताएका छन् | चलचित्रमा चित्रण गरिएको कथाले धेरै दर्शकहरुको मन छोएको छ |चलचित्रको “पुरानो डुंगा” को कथा हाम्रै नेपाली समाजको सामान्य परिवारको जीवनको वास्तविताको थुप्रै कुराहरुलाई समेटेर बुनिएको छ |
purano-dunga
purano-dunga
सिनेमा आर्टको ब्यानरमा माओत्से गुरुङको प्रस्तुति रहेको चलचित्रमा दयाहाङ्ग राई , माओत्से गुरुङ , प्रियंका कार्की , मेनुका प्रधान , डीबी गुरुङ , बुद्धि तामाङ्ग , मणि राम पोखेरल , पुस्कर गुरुङ , पुर्णिमा गुरुङ , सुदाम सिके., मिन पुन र नवाजुंग गुरुङ लगाएतका कलाकारहरुको मुख्य भूमिका रहेको छ | चलचित्रको कथा प्रस्तुतकर्ता माओत्से गुरुङको हो भने स्क्रिप्ट लेखनको काम निर्देशक रामबाबु गुरुङ र उपेन्द्र सुब्बाले गरेका छन् | पछिल्लो समय “कबड्डी” र “कबड्डी कबड्डी” जस्ता सर्भादिक सफल चलचित्र निर्देशन गरिसककेका निर्देशक रामबाबु गुरुङको यो तेस्रो चलचित्र हो | आफ्नो पछिल्लो दुई चलचित्र जस्तै यस चलचित्रले पनि सम्पूर्ण दर्शकहरुको मन जितेर सफलता हात पार्ने कुरामा उनि निकै आशावादी देखिनछन् | सैलेन्द्र डि कार्कीको छायांकनमा रहेको चलचित्रको सम्पादनको जिम्मा भने निमेष श्रेष्ठले लिएका छन् | चलचित्रका निर्माता तर्फ रौनक विक्रम कडेल , ओम चन्द रौनियार ,धन बहादुर गुरुङ र प्रकाश गुरुङ रहेका छन् | त्यसै गरि चलचित्रका सहनिर्माता तर्फ अर्जुन कार्की , फुलन देवी गुरुङ छन् भने कार्यकारी निर्माता तर्फ माओत्से गुरुङ , मणि राम पोख्रेल र बाल्मिकी पोखरेल रहेका छन् | चलचित्रको बजार वितरकको जिम्मा गोबिन्द शाहीले लिनुभएको छ |
हेर्नुस ट्रेलर :

Leave a Reply

%d bloggers like this: