Sat. Apr 20th, 2024

मनोरंजनसंसार डटकम
छुल्ठिम इन्टरटेनमेन्ट र एयर क्रु प्रोडक्सनले संयुक्त रुपमा निर्माण भएको चलचित्र डायरी को टिजर सार्वजनिक भएको छ | सार्वजनिक टिजरमा माया प्रेम र त्यस बिचको संगर्षको कुराहरुको चित्रणका केहि झलक समावेश रहेको छ | बिल्कुलै नया अवतारमा देखिएकी नायिका रेखा थापाको यो भिलेनको रुप पनि दर्शकहरुलाई मन पर्न सक्ने छ |
अनिल योञ्जनको निर्देशनमा तयार भएको चलचित्रमा छुल्ठिम गुरुङ , सन्नी सिंह , रेखा थापा , रुपा राणा , बिनोद पौडेल , दिनेश डिसी , राजु लामा लगायतका कलाकारहरुको मुख्य भूमिका रहेको छ | चलचित्रको कथा चेतन गुरुङले लेखेका हुन् | शिव राम श्रेष्ठले छायांकन गरेको यस चलचित्रको सम्पादनको काम धमाधम भईरहेको छ जसलाई प्रविन श्रेष्ठले गरिरहनु भएको छ | चलचित्रको बजार वितरकको जिम्मा काफिया फिल्म्सले लिएको छ |
हेर्नुस टिजर :

Leave a Reply

%d bloggers like this: