Thu. May 2nd, 2024

मनोरंजनसंसार डटकम
चलचित्र “द विनर” ले आज कार्तिक १९ गते शुक्रवारबाट देशभरका सम्पूर्ण हलहरुबाट एकैसाथ प्रदर्शन सुरु गरेको छ | चलचित्रले आज पहिलो दिनमा नै अधिकांश दर्शकहरुको राम्रो साथ पाएको छ | चलचित्र हेरिसकेपछि चलचित्रको बारेमा दर्शकहरुको प्रतिक्रिया सकारात्मक देखिएको छ | चलचित्र निकै राम्रो बनेको र भरपुर मनोरंजनको साथमा थुप्रै मनोरम दृश्यहरुले मनलाई नै आनन्द मिलेको कुरा दर्शकहरुले बताएका छन् | चलचित्रमा समावेश एक्शन र गीत संगीतले धेरै दर्शकहरुको मन छोएको छ | आजको मितिमा यस चलचित्र संग अर्को चलचित्र “द फेमस” को भिडन्त हुने कुरा रहेको थियो | तर केहि कारण बस चलचित्र “द फेमस” मंसिर ३ गतेको लागि टाढा सरे पछि चलचित्र “द विनर” लाई भने अधिक फाइदा पुगेको छ | यो हफ्ताको शुक्रवार चलचित्र “द विनर” ले सोलो रिलिज पाएको छ | यस हिसाबले चलचित्रले यो हफ्ता निकै नै राम्रो दर्शकहरुको साथमा धेरै माथिको व्यापार गर्ने कुरामा निर्माण पक्षे बिस्वस्त देखिनछन् | चलचित्रमा समावेश नया कलाकारहरुको अभिनयलाई पनि दर्शकहरुले आत्मसाथ गरेका छन् |
the-winner
हिक्मत बिष्टको निर्देशनमा तयार भएको चलचित्रमा मलिन जोशी , महेश मान श्रेष्ठ , मनचिन शाक्य , रेशु तामाङ्ग , राजकुमार पन्त , अमित गिरी लगाएतका कलाकारहरुको मुख्य भूमिका रहेको छ | चलचित्रका निर्माता श्रीजना शाह र विकास खरेल रहेका छन् | चलचित्रमा अमित श्रेष्ठको शब्द संगीत , प्रबिशा अधिकारी र किरण भुजेलको स्वर , कविराज गहतराजको नृत्य निदेशन र हिमाल केसीको द्वन्द समावेश रहेको छ | चलचित्रको कथा लेखनको काम भने महेश मान श्रेष्ठले गरेका हुन् | चलचित्रका सहायक निर्देशक विवेक लामा हुन् भने मुख्य सहायक निर्देशक राम खड्का रहेका छन् | चलचित्रका सह निर्माता तर्फ अमित गिरी , राजेश प्रसाद जोशी र निरोज श्रेठ रहेका छन् | त्यसै गरि रितेश राना र सुषित पन्त चलचित्रका कार्यकारी निर्माता रहेका छन् |
the-winner
the-winner
यसै गरि चलचित्रले हिजो अर्थात् रिलिजको एकदिन अगाडी राजधानीमा एक कार्यक्रम बीच यस चलचित्रको सिक्वेलको घोषणा समेत गरेको छ | आयोजित कार्यक्रममा अब छिट्टै नै चलचित्रको सिक्वेल निर्माण हुने भरेमा जानकारी गराईएको थियो | त्यस्तै अब बन्ने सिक्वेलमा अरु केहि कुरा परिवर्तन भए पनि लिड कलाकार र निर्देशक भने परिवर्तन नहुने कुराको सम्भावना समेत अगाडी ल्याइएको छ | अबको सिक्वेल यो भन्दा पनि अझै राम्रो र धेरै कुराको मिश्रण हुने जानकारी कार्यक्रममा गराईएको थियो |
हेर्नुस ट्रेलर :

हेर्नुस गीत :

Leave a Reply

%d bloggers like this: