Sun. May 19th, 2024

मनोरंजनसंसार डटकम
डान्स फेभर र एम.के. फिल्मस् प्रालीको ब्यानरमा चलचित्र “हैरान” को निर्माण हुने भएको छ | चलचित्रलाई विस्वका कान्छा निर्देशकको उपाधि पाएर गिनिज बुक अफ वोर्ल्ड रेकर्डमा नाम लेखाएका सौगात बिष्टले निर्देशन भएका छन् | सानो उमेरमा नै उनले यो भन्दा पहिले “लव यु बाबा” नामक चलचित्रको निर्माण गरेर सबैलाई चकित पार्ने काम गरिसकेका छन् | उनको निर्देशनमा तयार हुन लागेको यस चलचित्रमा गजित बिष्ट , निश्मा घिमिरे , सत्य राज आचार्य , सलोन बस्नेत , निर्मल शर्मा लगायतका कलाकारहरुको अभिनय रहने छ । यसका साथै चलचित्रमा धेरै पहिला नै आँचल शर्मा लिड अभिनेत्रीमा रहने भनिएको कुरालाई अहिले आएर भने परिवर्तन गरिएको छ | अहिले आएर उनको स्थान भने आरोही शर्माले लिएकी छिन् | चलचित्रका निर्माता तर्फ भने मुक्ति गुरुङ , मोहन कृष्ण श्रेष्ठ र डा.वाई.एल.लामा रहेका छन् |
वास्तविक जीवनमा आम मानिसले भोग्नु पर्ने समस्याको कथालाई नै चलचित्रको मुख्य केन्द्र बिन्दु बनाइएको कुरा निर्देशक सौगात बिष्टले बताएका छन् | पहिलेको आफ्नो चलचित्र भन्दा यो चलचित्रमा अझै धेरै मसलाको मिश्रण आफुहरुले गर्न लागेको कुरा समेत उनले उल्लेख गरेका छन् | मान्छेहरु सानो सानो कुराहरुले पनि वाक्क दिक्क हुने गरेको र के कस्ता कुराहरुले मान्छेको जीवनमा समस्या उत्पन्न गराउने गर्दछ भन्ने कुराको चित्रण यस चलचित्रमा हुने कुरा उनले प्रस्ट पारेका छन् | त्यस्तै चलचित्रबाट दर्शकहरुले भरपुर मनोरंजन प्राप्त गर्ने विश्वास उनले ब्यक्त गरेका छन् |

Leave a Reply

%d bloggers like this: