Fri. Apr 19th, 2024

मनोरंजनसंसार डटकम
नेपाली गीत संगीतमा अहिले युवा पुस्ताहरुको पकड निकै नै बलियो बन्दै गईरहेको छ | देश देखि भन्दा देश बाहिर देखि नेपाली गीत संगीतमा अहिले नेपाली कलाकारहरुको सक्रियेता बढेर आएको छ | यस्तै एक कलाकार हुन् गायक तुल साम्सोहाङ राई | बिगत धेरै लामो समय देखि उनि नेपाली गीत सांगीतिक क्षत्रमा अग्रसर भएर लागिरहेका छन् | उनि अहिले अमेरिकामा बसोबास गर्दछन् | तर बिदेशी भूमिमा समेत उनले निरन्तर रुपमा नेपाली गीत संगीतको जगेर्ना गरिरहेका छन् | विभिन्न सांगीतिक कार्यक्रममा उनको प्रस्तुति निकै दमदार हुने गर्दछ | उनले थुप्रै कवर सोङ्गहरु पनि गाईसकेका छन् | तर अब भने उनले आफ्नो एकल एल्बमको तयारी गर्दैछन् |
tul-samsohang-limbu
tul-samsohang-rai
धेरै लामो समय देखिको उनको नेपाली गीत संगीत प्रतिको इच्छा चाहनालाई उनले अहिले आएर सहि मार्ग दर्शन गर्दैछन् | नेपाली दर्शकहरुको टेस्टलाई बुझेर आफ्नो पहिलो एल्बमको निर्माण गर्न लागेको कुरा उनले बताएका छन् | आफ्नो प्रस्तुतिले नेपाली दर्शकहरुको मन जित्ने विश्वास उनले ब्यक्त गरेका छन् | अबको केहि समयमा नै दर्शकहरुले आफ्नो प्रस्तुति हेर्न पाउने जानकारी उनले दिएका छन् | त्यस्तै उनले सम्पूर्ण नेपाली दर्शकहरुलाई आफ्नो पहिलो प्रस्तुतिलाई हेरेर सुनेर सहि मुल्यांकन गरि कमि कमजोरीहरु औल्याएर सल्लहा सुझाबको साथमा अगाडी बढ्ने हुसला प्रदान गरिदिनु हुने हृदय देखि नै हार्दिक अनुरोध गरेका छन् |
tul-samsohang-rai

Leave a Reply

%d bloggers like this: