Fri. May 3rd, 2024

मनोरंजनसंसार डटकम
अहिले हामी सबै नेपालीहरुको माझमा नेपालीहरुको दोस्रो महान चाड तिहार आएको छ | सबै नेपालीहरु यस पर्बको रमाइलोमा मलिन छन् | नेपाली चलचित्र क्षत्र पनि अहिले तिहारको रमाइलोमा मस्त मगन रहेको छ | यसै बिचमा हामीले नेपाली चलचित्र क्षत्रका केहि हस्तीहरु संग तिहार कसरि मनाउने भन्ने बारेमा केहि विचार बिमर्श गरेका छौ | प्राय सबैले एकै किसिमको जवाफ दिनु भएको छ | प्रस्तुत छ उहाहरु संगको छोटो मिठो कुराकानीको केहि अंश :
bhuwan-kc
नायक निर्देशक तथा निर्माता भुवन केसी : यसपटकको तिहार परिवार संग बसेर मनाउछु |
hem-raj-bc
निर्देशक हेम राज बिसी : यस पटकको तिहार देउसी भईलो खेल्ने प्लान छ |
rambabu-gurung
निर्देशक राम बाबु गुरुङ : अब अहिले त “पुरानो डुंगा” को तयारी छ | सिधै भन्दा यस पालीको तिहार त “पुरानो डुंगा” मय नै हुन्छ कि | साथीभाई भेटघाट खान पिन र परिवार संगको बसाईमा यसपालीको तिहार समर्पित |
gobind-shahi
नायक निर्माता तथा डिसट्रीब्यूटर गोबिन्द शाही : यसपाली परिवार संगको रमाइलो र साथीभाई संगको भेटघाटमा तिहारको खुसि मनाउछु |
raunak-bikram-kandel
निर्माता रौनक विक्रम कडेल : यसपालीको तिहार जन्म घर चितवनमा मनाउने तयारी छ | “पुरानो डुंगा” को तयारीको साथमा साथी संगीको भेटघाट र परिवार संगको रमाइलो यस्तै हुदैछ तिहार |
Anmol-KC
नायक अनमोल केसी : अब फिल्मको कामले कहिले कता कहिले कता हुनुपर्छ | तर यसपाली चाही सबै समय परिवार र साथीभाईलाई दिन्छु | रमाइलो गर्दै मिठो घरको खान खाएर र साथीभाई संग देउसी भईलो खेल्दै रमाइलो गर्दै यस पटकको तिहार मनाउछु |
surendra-poudel
निर्देशक तथा ईडीटर सुरेन्द्र पौडेल : जहिले पनि काम नै हुन्छ | साथीभाई संग भेटघाट गर्ने मौका पनि मिल्दैन | कहिले काही त परिवारलाई पनि पुरा समय दिन पाउदिन | तर यसपटक घरमा बसेर परिवारलाई पुरा समय दिन्छु | देउसी भईलो पनि खेल्ने प्लान छ |
bir-bikram
निर्देशक तथा निर्माता मिलन चाम्स : यसपालीको तिहार नेपालमा “हेप्पी डेज” मय हुदैछ | प्राय मेरो तिहार युकेमै हुने गर्दछ किन भने मेरो सबै परिवार उता नै हुनुहुन्छ | तर यसपटक भने म कामले यता नेपाल मै छु | मेरो नया चलचित्र “हेप्पी डेज” को छायांकन हुदैछ | त्यसैले यसपटकको तिहार “हेप्पी डेज” को शुट मै बित्ने भयो | सबै टिम साथमै छौ त्यसैले पनि रमाइलो लाग्दै छ |
उहाहरुको साथमा बिस्वभरि जहाँ कही पनि रहनु भएको सम्पूर्ण नेपालीहरुको तिहार निकै राम्रो रहोस मनोरंजन संसार डटकम परिवारको तर्फबाट सबैलाई हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौ |

Leave a Reply

%d bloggers like this: