Sat. Apr 20th, 2024

यो हफ्ता तिहारको अवसर पारेर बलिउडका २ फिल्म “शिवाय” र “ऐ दिल है मुश्किल” प्रदर्शनमा आएका छन् | फिल्मकार करन जौहरको “ऐ दिल है मुश्किल” ले रिलीज भएको पहिको १३ करोड भन्दा माथिको व्यापार गर्न सफल भएको छ | भारत-पाकिस्तान बिचको तनावको कारण फिल्ममा अभिनित कलाकार फवाद खानलाई लिएर यस चलचित्रमा भारतमा अधिक बिरोध पनि भएको थियो | फिल्ममा फवादको साथमा ऐश्वर्य राय बच्चन, रणबीर कपूर र अनुष्का शर्मा मुख्य भूमिकामा रहेका छन् | यो फिल्म भारतको करिब ३००० सिनेमाघरमा प्रदर्शन भएको थियो | फिल्मले पहिलो दिनमा १३.३० करोड पैसाको व्यापार गरेको छ |
त्यसै गरि उता अजय देवगन स्टारर “शिवाय” ले भने पहिलो दिनमा मात्र १०.२४ करोडको व्यापार गरेको छ | यस हिसाबले अजयको शिवाय माथि पहिलो दिनमै करनको ‘ऐ दिल है मुश्किल’ भारी परेको देखिन्छ | तर दर्शकहरुले भने दुवै फिल्मलाई नै अधिक मनपराएका छन् |
हेर्नुस ट्रेलर :

हेर्नुस ट्रेलर :

Leave a Reply

%d bloggers like this: