Wed. Apr 24th, 2024

मनोरंजनसंसार डटकम
चलचित्र “लव साशा” को टिजर सार्वजनिक भएको छ | अ प्रिन्सेस मुविज एंड द टि फोल्क्स फिल्म्स प्रोडक्सनको प्रस्तुति रहेको चलचित्र “लव साशा” को लेखन तथा निर्देशन प्रचण्ड यम श्रेष्ठले गरेका छन् | चलचित्रका निर्माता माधव वाग्ले रहेका छन् | चलचित्रमा कर्मा , केकी अधिकारी , शिवानी चालिसे , रश्मी भट्ट , विकास जोशी , आसिफ शाह लगाएतका कलाकारहरुको मुख्य भूमिका रहेको छ | चलचित्रलाई खिच्ने काम भने शिव राम श्रेष्ठले गरेका छन् |
सार्वजनिक टिजर हेर्दा चलचित्रमा सस्पेन्स लव स्टोरीको सुन्दर चित्रण गरिएको थाहा हुन आउछ | चलचित्रको कथा बस्तु अहिलेको नेपाली समाजको युवा पुस्ताको सेरोफेरोमा रहेर तयार भएको निर्माण पक्षेले जानकारी दिएको छ | चलचित्र कस्तो बनेको छ भनेर हेर्न र जान्नको लागि सबैले केहि समय पर्खिनै पर्ने हुन्छ | चलचित्रको टिजरको अन्त्यमा चलचित्र जनवरीमा प्रदर्शन हुने लेखिएको छ तर कुन मिति भने खुलासा गरिएको छैन |
हेर्नुस टिजर :

Leave a Reply

%d bloggers like this: