Mon. Apr 29th, 2024

मनोरंजनसंसार डटकम
अभिनेताबाट निर्देशक बनेका अजय देवगनले सोमबार आफ्नो आउने लागेको फिल्म “शिवाय” को दोस्रो ट्रेलर सार्वजनिक गरेका छन् | पहिलो ट्रेलर जस्तो नै यसमा पनि फोरेन लोकेशन्स, एक्शन सीन्स र खतरनाक स्टंट्सको मिश्रण देखाइएको छ |
ajay-devgns-shivaay
ट्रेलर हेर्दा चलचित्रमा हलिउड इफेक्ट्सको धेरै नै छाप परेको देखिन्छ | त्यसै गरि ट्रेलरमा बुवा र छोरी बिचको एक ईमोसनल कहानी पनि देखाइएको छ | फिल्मको सार्वजनिक पहिलो ट्रेलर अजय देवगन माथि केन्द्रित रहेको थियो | तर अहिलेको दोस्रो ट्रेलरमा अभिनेत्रीहरुलाई पनि बखुबी फोकस गरेर देखाइएको छ | फिल्ममा दिलीप कुमारकी नातिनी आयशा सैगल मुख्य भूमिकामा रहेकी छिन् |
shivaay
तिहारको अवसरमा रिलिज हुन लागेको फिल्म शिवाय लाई लिएर पहिले देखि नै धेरै चर्चा चलिसकेको छ | फिल्म “शिवाय” को रिलिजको दिनमा नै अर्को फिल्म ‘’ऐ दिल है मुश्किल’ भिड्दै छ जसलाई करण जोहरले निर्माण तथा निर्देशन गरेका हुन् | कसको चलचित्रले दर्शकहरुको मनमा र बक्स अफिसमा राज गर्ने हो त्यो जान्नको लागि भने केहि समय पर्खिनै पर्छ | यी दुवै चलचित्र २८ अक्टुबर देखि रिलिज हुदैछन् |
हेर्नुस ट्रेलर :

Leave a Reply

%d bloggers like this: