Tue. May 7th, 2024

मनोरंजनसंसार डटकम
नेपाली चलचित्रहरु पनि अहिले बिदेशमा गएर छायांकनको एक किसिमको चलन नै विस्तार भएको छ | यसै बीच एक अर्को नेपाली चलचित्र “अमेरिकन बाबु मेड इन नेपाल” अमेरिकाको न्यूयोर्क शहरमा छायांकन गरिएको छ | चलचित्रलाई ईश्वर थापाले निर्देशन गरेका छन् | चलचित्रमा नन्दिता केसी, इसान ढकाल, प्रवेश उप्रेती, प्रियंका एर, अन्जली लामा, राजेश गुरुङ, प्रेम गुरुङ, सुरेन्द्र बास्तोला, आर जेसी लगाएतका कलाकारहरुको मुख्य अभिनय रहेको छ | चलचित्रमा अमेरिकन कलाकार मे फर्दिनंदको समेत अभिनय रहेको छ | फिल्ममा पटकथा संवाद सुरेन्द्र नकर्मीको रहेको छ ।
american-babu-made-in-nepal
अहिले छायांकन सकेर सम्पादनमा बसेको चलचित्रको केहि तस्विरहरु सार्वजनिक भएको छ | चलचित्रको निर्माता तर्फ सम्झना उप्रेती, सलिना श्रेष्ठ र केदार प्रसाद पराजुली रहेका छन् | चलचित्रमा बाबु बोगटी र ओम कर्माचार्यले संगीत , जगदीश समाल, बाबु बोगटी, अन्जना गुरुङ र सबिता श्रेष्ठको स्वर र शम्भु मोक्तानको छायांकन समावेश रहेको छ | चलचित्र आउदो बर्ष २०७४ मा प्रदर्शन हुने जानकारी निर्माण पक्षेले दिएको छ |
american-babu-made-in-nepal
चलचित्रको नामबाट नै चलचित्रमा नेपाल र अमेरिकाको कथा बस्तुलाई समेटिएको बुज्न आउछ | चलचित्र कस्तो बनेको छ र के कस्तो कुराहरुको चलचित्रमा मिश्रण गरिएको छ भन्ने बारे जान्नको लागि भने केहि समय पर्खिनै पर्छ |
american-babu-made-in-nepal

Leave a Reply

%d bloggers like this: