Fri. Mar 29th, 2024

मनोरंजनसंसार डटकम
धेरै लामो समय अगाडी नायक निखिल उप्रेतीलाई रजतपटमा जन्म दिएको चलचित्र “पिंजडा” को अब सिक्वेल बन्ने पक्का भएको छ | यस पटकको “पिंजडा” को सिक्वेलको निर्माण तथा निर्देशन भने द्वन्द निर्देशक हिमाल केसीले गर्ने भएका छन् | आफ्नो लामो समय देखिको यस क्षत्र प्रतिको लगाव र अनुभवले आफुले यस चलचित्रको निर्माण तथा निर्देशन गर्न लागेको कुरा हिमाल केसीले प्रस्ट पार्नुभएको छ |
पहिलेको “पिंजडा” मा नायक निखिल उप्रेती संग नायिका निरुता सिंहको जोडी रहेको थियो तर अहिले यस पटकको “पिंजडा २” मा भने नायिकाको भूमिकामा अशिष्मा नकर्मी रहने तय भएको छ | उनले यो चलचित्र संगै तेस्रो पटक नायक निखिल उप्रेती संग स्क्रिन शेयर गर्दैछिन् | उनले यो भन्दा पहिले ‘संरक्षण’ र ‘राधे’ मा नायक निखिल उप्रेती संग काम गरिसकेका छन् जुन अब प्रदर्शनको तयारीमा रहेको छ | अहिले चलचित्रको छायांकनको लागि लोकेसनको अबलोकनको कामहरु भईरहेको छ |

Leave a Reply

%d bloggers like this: