Fri. Apr 26th, 2024

मनोरंजनसंसार डटकम
केहि दिन अगाडी चिनको क्वान्दो सेनचेन स्थित बिहारमा भगवान बुद्धको पुजाको कार्यक्रमको लागि चिन प्रस्थान गर्नुभएका नेपाली कांग्रेसका युवा नेता राजेश ज्ञवाली आज पुजामा सहभागी हुने कार्यक्रम छ | नेपालबाट प्रतिनिधित्वो गर्दै उहा सहितको १० जनाको टोलि आज पुजामा सहभागी हुने कुरा छ | विभिन्न १० वटा देशका प्रमुख भिक्षुहरु , राष्ट्र सेवक तथा उपाशकहरु लगाएत ६० हजारको उपस्थितिमा आज पुजा कार्यक्रम सम्पन्न हुदैछ |
rajesh-gyawali
rajesh-gyawali
नेपालको बुद्धिजमलाई प्रचार प्रसार गर्ने उदेश्यले नेपालको तर्फबाट आफुहरु यो बिशेष पुजामा सहभागी हुन लागेको कुरा उहाले बताउनु भएको छ | त्यसै गरि शान्तिका दुत गौतम बुद्ध हाम्रो देश नेपालमा जन्मिनु भएको यथार्थ सत्यलाई पनि सबैको माझमा पेश गर्नको लागि पनि आफु यो पुजामा समावेश भएको कुरा उहाले उल्लेख गर्नुभएको छ | त्यसै गरि पुजामा सहभागी हुनुको अर्को उदेश्य बिशेष गरि लुम्बिनी , कपिलवस्तु , रामग्राम र देवदह लगाएतका धार्मिक स्थलको प्रचार प्रसारको साथमा अधिकतम पर्यटकहरु जति सक्दो धेरै नेपालको यी यस्ता धार्मिक स्थानमा भित्र्याउनको लागि पहल गर्ने हिसाबले पनि रहेको कुरा उहाले प्रस्ट पार्नुभएको छ | त्यसै गरि बिस्वमा शान्ति फैलियोस र सबैतिर भाइचाराको सम्बन्ध बिस्तारको कामना सहित आफुहरु आज पुजामा सहभागी हुने विश्वास उहाले ब्यक्त गर्नुभएको छ | त्यस्तै विभिन्न देशका भिक्षु प्रमुखहरु संग समेत उहाले अहिले प्रतक्ष भेटघाट गरिरहनु भएको छ |
rajesh-gyawali
rajesh-gyawali
rajesh-gyawali
देशको राजीनितिक परिवेशमा होमिएर देशको संस्कृति धर्मको बारेमा सोच्ने फुर्सद अहिले कसैलाई पनि छैन | तर यो बिचमा देशको धर्म संस्कृतिको बिस्वमा प्रचार प्रसारको साथमा देशको धार्मिक स्थलहरुको पनि बिस्वलाई जानकारी हुनु पर्छ भन्ने भावना बोकेर अहिले युवा नेता राजेश ज्ञवालीले आफ्नो निकायबाट सक्दो पहल गरिरहनु भएको छ | अति नै अतुलनिय कामहरु गरेर स्थानीय निकायमा आफ्नो छुट्टै पहिचान बनाईसक्नु भएको उहाले सबै नेपाली जनताहरु संग हाम्रो देशको धर्म संस्कृतिको संरक्षण र जगेर्ना गर्नको लागि बिनम्र अनुरोध गर्नुभएको छ | हामी जहाँ भए पनि हाम्रो धर्म संस्कृतिलाई हामीले कहिले पनि बिर्सिनु नहुने र आफ्नो धर्म प्रति निष्ठावान हुनुपर्ने कुरा उहाले बताउनु भएको छ | त्यसै गरि आफु नेपाली भएको र आफ्नो देशको कला धर्म संस्कृतिको सधैब सम्मान गर्दै यसको उत्थानको निमित्त आफु सधैब तत्पर रहने प्रतिबद्धता उहाले जाहेर गर्नुभएको छ |

Leave a Reply

%d bloggers like this: