Wed. Apr 24th, 2024

मनोरंजनसंसार डटकम
धेरै लामो समय देखि नेपालबाट ७ समुन्द्र पारको देश अमेरिकामा रहेर नेपाली सांगीतिक यात्रालाई क्रमशः अगाडी बढाई रहनु भएका रचनाकार गोपी दाहालको दोस्रो एल्बम “प्रज्वल” को सबै काम सकिएको छ | अब चाडै नै एल्बम बिमोचन हुने तयारीमा रहेको जानकारी उहाले दिनुभएको छ | उहाको यस एल्बम जम्मा ६ वटा गीतहरु समावेश रहेको छ | त्यसै गरि उहाको एल्बममा समावेश गीतहरुमा हामी गायक राजेश पायल राई , राजनराज सिवाकोटी , महेश सेवा , अर्जुन रसाइली , किरण गजमेर र गोपाल मगरको सुमधुर स्वर हामीले सुन्न पाउने छौ | त्यसै गरि यो एल्बमको सबै गीत कम्पोजर अम्बर तुम्बापो सुब्बाको एकल कम्पोजिसनमा तयार भएको छ | निकै पृथक प्रतिभाको धनि उहा अहिले अमेरिकामा आफ्नो कम्पोजिसनबाट निकै चर्चामा हुनुहुन्छ |
त्यसै गरि उहाले आफ्नो यो लामो समयको सांगीतिक यात्रामा सहयोग अनि आफुलाई सधैब प्रोत्साहन गर्नुहुने बाल दाहाल , झरी बास्कोटा , भिम धिमाल , लोक बजगाईं , कुबिर धिमाल , बिष्णु धौराली र एनके ब्रोदर्सलाई हृदय देखि नै धन्यवाद ज्ञापन गर्नुभएको छ | त्यसै गरि उहा चाडै नै अब आफ्नो तेस्रो एल्बमको तयारीमा रहेको कुरा समेत उहाले जानकारी गराउनु भएको छ | अबको तेस्रो एल्बम भने अरु भन्दा अलि पृथक हुने कुरा पनि उहाले प्रस्ट पार्नु भएको छ | उहाले आफ्नो अब बिमोचन हुन लागेको दोस्रो एल्बम “प्रज्वल” को बारेमा जानकारी दिदै एल्बममा समावेश सबै गीत राम्रो रहेको र नेपाली दर्शकहरुको टेस्टलाई मध्य नजरमा राखेर तयार गरिएको कुरा समेत उहाले बताउनु भएको छ |
gopi-dahal
उहाको नेपाली गीत सांगीतिक क्षत्रमा लामो समयको योगदान रही आएको छ | बिदेशी भूमिमा रगत पसिना बगाएर काम गरिरहदा समेत उहाले नेपाली संगीत प्रतिको माया मोहोलाई भने उहाले छोड्नु भएको छैन | उहाका पछिल्ला गीतहरु पनि निकै नै दमदार रही आएका छन् | गीत संगीत नै आफ्नो पहिलो प्राथमिकता रहेको कुरा बताउने उहाले अमेरिका समेत नेपाली कला संस्कृतिको उत्थानको लागि धेरै नै कदम चालिसक्नु भएको छ | भर्खरै मात्र अक्टुबर ८ तारिकमा उहाले अमेरिकामा दशैंको अवसर पारेर दशैं तिहार बिशेष कार्यक्रमको आयोजना गर्नु भएको थियो जसमा नेपालबाट चर्चित गायक राजेश पायल पनि सहभागी हुनु भएको थियो | कार्यक्रम निकै भब्य र सभ्य हिसाबमा सम्पन्न समेत भएको छ | कार्यक्रममा थुप्रै नेपाली दर्शकहरुको बाक्लो उपस्थिति रहेको थियो |
gopi-dahal
उहाले धेरै लामो समय देखिको आफ्नो अमेरिका बसाईको अन्तरालमा त्यहाँ नेपाली कला संस्कृतिलाई संरक्षण गर्ने थुप्रै अपरिहार्य कामहरु गरिसक्नु भएको छ | उहाले त्यहाँ हाम्रा नया नेपाली कलाकारहरुलाई प्रोत्साहन गर्ने काम समेत गर्नुहुन्छ | हामी जहाँ रहे पनि नेपाली हौ र हाम्रो भाषा संस्कृतिको हामीले जगेर्ना गर्नु पर्छ विश्वास उहाले बोक्नु भएको छ | त्यसै गरि उहाले आफु नेपाली संगीत क्षत्रबाट कहिले पनि नबिलाउने र डटेर सधैब नेपाली दर्शकहरुको रोजाइको गीत संगीत दर्शकहरुलाई प्रस्तुत गरिनै रहने प्रतिबद्धता जाहेर गर्नु भएको छ | त्यसै गरि उहाले सबै बिस्व भरिका नेपाली दर्शकहरुलाई हाम्रो आफ्नो नेपाली गीत संगीतलाई सधै माया र सम्मान गरिदिनुस भनि आग्रह समेत गर्नुभएको छ |

Leave a Reply

%d bloggers like this: