Thu. May 2nd, 2024

मनोरंजनसंसार डटकम
हाम्रो देश नेपाल पुरानो रहनसहन देखि आज यो नया जमानाको बाटोमा आइपुग्दा समेत देशका धेरै भागहरुमा कुरीतिको अन्त्य हुन सकेको छैन | अहिले पनि थुप्रै महिलाहरु बोक्सी प्रथाको शिकार हुन बाध्य छन् | नेपाली समाजमा महिलाहरुलाई दमन गर्ने र अन्धविश्वासको घेरामा रहेर महिलाहरु माथि शोषण गर्ने काम अहिले पनि कम भएको छैन | यस समस्याको समाधान र कुरीति र अन्धविश्वासको लागि नेपालमा विभिन्न संघ सस्थाहरुले डटेर काम गरिरहेका छन् | यी यस्ता संघ सस्थाहरुको समर्थन र हाम्रो समाजमा रहेको कुरिती अन्त्य गरि यी यस्ता समस्यालाई जरा देखि नै निर्मुल पार्नको लागि एक नेपाली चलचित्रको निर्माण हुन भएको छ |
agnidahan
काठमाडौँमा आयोजित एक कार्यक्रम बिच यहि हाम्रो समाजमा रहेको ताजा बोक्सी प्रथाको समस्यालाई केन्द्रित रहेर निर्माण हुन लागेको चलचित्र “अग्निदहन” को घोषणा गरिएको छ | नेपाली सामाजिक मौलिक कथा बोकेको चलचित्र “धौली” का निर्देशक घनश्याम लामिछानेले यस चलचित्र “अग्निदहन” को समेत निर्देशन गर्ने तय भएको छ | आयोजित कार्यक्रममा संचार सचिव दिनेश थपलियाको समेत उपस्थित रहेको थियो | त्यस्तै पहिलोपटक कुनै नेपाली चलचित्र बनाउनका लागि आवश्यक सहयोग गर्ने आग्रहसहितको परिपत्र सबै मन्त्रालयलाई पठाइसकिएको कुरा समेत उहाले बताउनु भएको छ | देशको यो कठिन समस्याको समाधानको लागि अग्रसर रहेको यस चलचित्रलाई सरकारले समेत पुरा सहयोग गर्ने विश्वास उहाले ब्यक्त गर्नुभएको छ |
agnidahan
निर्देशक घनश्याम लामिछानेको अनुसार चलचित्रको छायांकन हेटौंडा, चितवनसहित पोखरामा हुने जानकारी प्राप्त भएको छ | चलचित्रका निर्माता कोविद शरण उपाध्याय रहेका छन् | उनको भनाई अनुसार चलचित्रको प्रदर्शन पश्च्यात उठेको रकम आफुहरुले नराखी बोक्सी प्रथा बिरुद्धको अभियानमा खर्च गरिने छ | यस पछिको आफ्नो अर्को चलचित्र “बुहारी” समेत निर्माणको तयारी अवस्थामा रहेको जानकारी उनले दिएका छन् |
चलचित्रमा लोकमणी पौडेलको पटकथा, दीर्घ गुरुङको छायांकन, जेसन कुवँर पाश्र्वसंगीत र दीर्घ खड्काको सम्पादन समावेश रहने छ | त्यसै गरि चलचित्रमा अनुपमा भण्डारी, प्रमिला तुलाचन, प्रकाश घिमिरे, माओत्से गुरुङ, तुलसा जिसी, तारा गुरुङ, विष्णु बाँस्तोला, ओम पौडेल लगायतका कलाकारहरुको मुख्य भूमिका रहने छ |

Leave a Reply

%d bloggers like this: