Fri. Apr 19th, 2024

मनोरंजनसंसार डटकम
फ्लोरिना फिल्मस् प्रालिको प्रस्तुतिमा तयार भएको चलचित्र “पुरानो पुस्ता” ले आफ्नो प्रदर्शन मिति तय गरेको छ | चलचित्र मंसिर ३ गते देखि देशभरका हलहरुबाट एकैसाथ प्रदर्शन हुनेछ | चलचित्रमा हाम्रो समाजको सय बर्ष पुरानो इतिहासको कथा समावेश रहेको छ |
दीप सागरको निर्देशन रहेको यस चलचित्रमा शेरबहादुर गुरुङ, विराज विष्ट, अनिश मगर, देव नेपाल, सृष्टि, कृष्ण सुनार, तेजबहादुर तामाङ, मेनुका लगायतका कलाकारहरुको मुख्य भूमिका रहेको छ | सावित्री ओली कार्यकारी निर्माता रहेको चलचित्रमा सञ्जिव पौडेलको लेखन र निर्देशक दीपसागरकै छायांकन समावेश रहेको छ | चलचित्रको छायांकन रोल्पा र प्युठान जिल्लाको ठाउँहरुमा गरिएको छ | चलचित्रमा ३ वटा गीत पनि समावेश गरिएको छ |
चलचित्र निकै नै फरक बनेको र दर्शकहरुले मनपराउने विश्वास निर्देशल दीप सगरले ब्यक्त गर्नुभएको छ | हाम्रो पुस्ताहरुले परा पूर्व कालमा भोगेका दुख र कठिनाईहरुलाई निकै सहज र सरल रुपमा यस चलचित्रमा चित्रण गर्न खोजिएको कुरा समेत उहाले बताउनु भएको छ | हामी अहिले जहाँ छौ र जस्तो छौ मात्र हाम्रो पुस्ताहरुको कारणले छौ त्यस कारणले हाम्रो पुस्ताको वास्तविकता बाहिर आउन अति आवस्यक भएकोले पनि आफुहरुले यस चलचित्रको निर्माण गरेको कुरा समेत उहाले प्रस्ट पार्नुभएको छ |
हेर्नुस ट्रेलर :

Leave a Reply

%d bloggers like this: