Thu. Apr 25th, 2024

मनोरंजनसंसार डटकम
बलामी फिल्म ईन्टरटेन्मेन्टको व्यानरमा निर्माण भएको चलचित्र “द फेमस” को ट्रेलर सार्वजनिक गरिएको छ | कार्तिक १९ गते प्रदर्शन मिति तोकेको चलचित्रका निर्देशक संचारकर्मी समिर बलामी रहेका छन् | चलचित्रमा प्रमोद खड्का, सविना कार्की, सुरबी जैन विष्ट, सोनीया जिआर, सुमन थापा, सुरेश चौधरी, रश्मी भट्ट, प्रभात बलामीको मुख्य भूमिका रहेको छ |
the-famous
चलचित्रले आफ्नो गीत संगीतलाई बिशेष रुपमा प्रस्तुत गरेको छ | सबै गीत एनिमेशन गरिएको यस चलचित्रमा पारिवारिक कथा संगै लव स्टोरीको मिश्रण रहेको जानकारी निर्देशक समिर बलामीले दिनुभएको छ | चलचित्रमा अशोक कार्कीको छायांकन , टंक बुढाथोकी र सन्तोष प्रगादको संगीत , बाबु बलामीको द्वन्द्व र सुधिर श्रेष्ठ र सुरेश चौधरीको नृत्य निर्देशन समावेश रहेको छ | चलचित्रका निर्माता अनिल महर्जन हुन् भने सहनिर्माता प्रतिमा बलामी रहेकी छिन् |
हेर्नुस ट्रेलर :

Leave a Reply

%d bloggers like this: