Sat. May 18th, 2024

मनोरंजनसंसार डटकम
देवकुमार श्रेष्ठ निर्देशित चलचित्र “लाल्टिन” को राजधानीमा आयोजित एक कार्यक्रम बीच फस्ट लुक सार्वजनिक गरिएको छ । सार्वजनिक पोष्टरमा एउटा मान्छे उभिएको आकृति भित्र चलचित्रका कलाकारहरुलाई प्रस्तुत गरिएको छ । ग्यांगस्टरको कथामा बनेको भनिएको चलचित्र “लाल्टिन” मा दयाहाङ राई, प्रियंका कार्की, केकी अधिकारी, राज कटवाल संगै अर्जुनजंग शाही, अर्जुन गुरुङ, जनक बर्तौला लगाएतका कलाकारहरुको मुख्य अभिनय रहेको छ ।
यम सन पिक्चर्सको ब्यानरमा भानु प्रतापको प्रस्तुति रहेको चलचित्र “लाल्टिन” को निर्माता तर्फ अनिम श्रेष्ठ र राज केसी रहेका छन् | चलचित्रमा हरि घले लामाको छायांकन , रोशन श्रेष्ठको द्वन्द र कविराज गहतराजको नृत्य निर्देशन रहेको छ | त्यस्तै चलचित्रमा बिनोद ढकाल , किरण माईकल र दिजराज पौडेलको संगीत समावेश रहेको छ | चलचित्र लेखनको काम भने भानु प्रताप र किरण माईकलले गर्नुभएको छ |
चलचित्रले चैत्र १८ गतेको लागि आफ्नो प्रदर्शन मिति तय गरेको छ |
हेर्नुस टिजर :

Leave a Reply

%d bloggers like this: