Sun. May 5th, 2024

मनोरंजनसंसार डटकम
अहिले हाम्रो देश नेपालमा रहेको थुप्रै बास्तविक समस्या र यसको गरिन सक्ने समाधानको आधारमा रहेर पनि धेरै चलचित्र निर्माण हुने गरेको छ | यस्तै एउटा चलचित्र फेरी दर्शकहरु माझ आउने तरखरमा रहेको छ चलचित्र हो “तुईन” | निर्देशक उत्सव थपलियाको निर्देशनमा तयार भएको चलचित्र “तुईन” को राजधानीमा आयोजित एक कार्यक्रम बीच पहिलो टिजर सार्वजनिक गरिएको छ | चलचित्रको निर्माण अमेरिकामा बस्दै आएकी एनआरएन सृजना उप्रेतीले गर्नुभएको हो |
नेपालको धादिङ तथा गोरखा जिल्लाका जनताहरुले अहिले यो समयमा पनि सहनु परेको सास्तीको कथालाई निकै सहज ढंगले चित्रण गर्न सफल रहेका छन् लेखक मोहन गेलाल | केहि बर्ष अगाडी स्कुल पढ्न जाँदै गर्दा त्रिशुली नदिमा प्रयोग गरिएको तुईन चुडिएर धेरै बालबालिकाले ज्यान गुमाउन पुग्दा समेत बाँच्न सफल किशोर सुरेश थापालाई प्रमुख पात्र बनाएर फिल्म तयार गरिएको निर्देशक थपलियाले बताए । अन्य कलाकारमा पृषा श्रेष्ठ, परिच्छित विक्रम राणा, विशाल डोटेल, श्याम खड्ला र चिराग थपलिया मुख्य भूमिकामा रहेका छन् |
चलचित्रको देशमा अझै पनि रहेको प्रमुख समस्याको कुराहरु प्रति सम्बन्धित निकायको ध्यान आकर्षण होस भनेर तयार गरिएको कुरा निर्मात्री सृजना उप्रेतीले बताउनु भएको छ | चलचित्र नेपाल बाहेकको देशहरुमा समेत बिशेष प्रदर्शनी गरिने र त्यस बाट जम्मा भएको रकम अफ्ठेरोमा परेका महिला तथा बालबालिकाहरुमा खर्च गरिने कुरा समेत उहाले उल्लेख गर्नुभएको छ | आफ्नो यस किसिमको प्रयासले नेपालको सरकारको ध्यान आकर्षण हुने र नेपालमा रहेका यी यस्ता तत्कालिन समस्याको छिटो भन्दा छिटो निर्धारण हुने विश्वास उहाले ब्यक्त गर्नुभएको छ |
हेर्नुस टिजर :

Leave a Reply

%d bloggers like this: