Wed. Apr 24th, 2024

मनोरंजनसंसार डटकम
अहिले नेपाली गीत संगीतको बजार निकै बढ्दो छ | पहिलेको तुलनामा अहिले नेपाली गीत संगीतले धेरै नै फड्को मारिसकेको छ | यसै हिसाबमा नेपाली गीत संगीत र यसका संरक्षकहरुको सम्मानको लागि समेत धेरै कार्यक्रमहरु अहिले आयोजनाको तरखरमा छन् | अब नेपालमा नेपाली चलचित्र क्षत्र संगै नेपाली गीत सांगीतिक क्षत्रको पनि अवार्ड कार्यक्रम हुन थालेको छ | नेपाली सांगीतिक क्षत्रमा नेपाल भित्रको मात्र नभएर नेपाल बाहिरका पनि थुप्रै कलाकारहरु आबद्ध रहेका छन् जसको गीत संगीतले नेपाली दर्शकहरुको मनमा बास बस्न सफल रहेको छ | यी यस्ता कलाकारहरुको सुचिमा रहेको एउटा नाम हो रचनाकार सौरव तिम्सिना | उनि नेपाल देखि ७ समुद्र पारि रहेर पनि नेपाली गीत सांगीतिक क्षत्रमा निकै क्रियाशिल रहेका छन् |
sourav-timsina
sourav-timsina
उनले निकै कम समयमा आफ्नो सुन्दर रचनाहरुले नेपाली दर्शकहरुको मनमा राज गर्न सफल भएका छन् | यसै बीच अब हुन गईरहेको “१८ औ बार्षिक टुबोर्ग इमेज अवार्ड २०७३” को बेस्ट भिडियो इडीटिङ्गमा उनको “पाउजु ले” बोलको गीत नोमिनेसनमा परेको छ | सौरव तिम्सिनाको रचना र रत्न सुब्बाको स्वर अनि संगीतमा तयार भएको यस गीतको इडीटिङ्ग उज्ज्वल ढकालले गरेका हुन् | उनको यो गीतको भिडियो नेपालको पहिलो रिबर्स मोसनमा शुट भएको गीत हो | हरि हुमागाईंको छायांकनमा तयार भएको यस गीतको म्युजिक भिडियोको निर्देशनको जिम्मा भने सुरज श्रेष्ठले लिएका थिए | यसै गरि उनको अर्को गीत “मर्छु सजिलै” पनि यसै अवार्ड कार्यक्रममा “बेस्ट लिरिक्स” अर्थात् सर्बोत्कृष्ट शब्द रचनाको लागि नोमिनेसनमा पर्न सफल भएको छ |
sourav-timsina
sourav-timsina
आफ्नो दुवै गीतहरु यसरी यस किसिमको सम्मानित अवार्डको लागि छनोट हुदा आफुलाई निकै खुसि लागेको कुरा रचनाकार सौरव तिम्सिनाले बताएका छन् | उनले यस किसिमको अवसरको सर्भोपरी नेपाली दर्शकहरुलाई दिएका छन् | नेपाली दर्शकहरुको माया र सम्मानले आफु यो स्थान सम्म आइपुगेको कुरा उनले उल्लेख गरेका छन् | आफ्नो पहिलो प्राथमिकतामा नेपाली गीत संगीत रहेको र यसमा नै आफ्नो जीवन समर्पित गर्ने कुरा समेत उनले जाहेर गरेका छन् | अब आउने उनको प्रस्तुति निकै पृथक हुने र सम्पूर्ण नेपाली दर्शकहरुको मन छुने विश्वास उनले ब्यक्त गरेका छन् | देशबाट टाढा रहे पनि देशको माया मन भित्र राखेको र नेपाली आफ्नो संस्कृतिलाई र नेपालीपनलाई शिरमा राखेर अगाडी बढेको कुरा पनि उनले बताएका छन् |
sourav-timsina
sourav-timsina
हेर्नुस गीत :

Leave a Reply

%d bloggers like this: