Sun. Apr 28th, 2024

मनोरंजनसंसार डटकम
जुन दिन देखि बलिउड स्टार संजय दत्त जेल बाट रिहा भए त्यस दिनबाट उनको फ्यानसलाई उनको बलिउडमा कम्ब्याकको पर्खाई रहेको छ | यहि बिचमा अहिले खबर आएको छ कि संजय दत्तले “मुन्नाभाई” को निर्माता विधु विनोद चोपडाको नया फिल्म “मार्को भाऊ” बाट बलिउडमा कम्ब्याक गर्दैछन् |
sanjay-dutt
अब यसपटक भने संजय दत्त “मुन्नाभाई” बाट “मार्को भाऊ” बन्नेछन् | फिल्मको निर्देशनको जिम्मा भने यसपटक निर्माता विधु विनोद चोपडाको बहिनी शैलजा धरले लिएकी छिन् | जानकारीको अनुसार यस चलचित्रको छायांकन गोवा र चेन्नईमा हुनेछ | फिल्मको छायांकन २०१७ को फरवरी सुरु हुनेछ | प्राप्त खबर अनुसार “मार्को भाऊ” फिल्मको कहानी एक बुवा र छोरीको इमोशनल सम्बन्धमा आधारित रहनेछ |
sanjay-dutt
पहिलेको खबर अनुसार संजय दत्त निर्देशक सिद्धार्थ आनंदको एक्शन फिल्ममा देखिने वाला थिए | तर संजयलाई फिल्मको स्क्रिप्ट ठिक लागेन | अहिले संजय दत्त आफैले भने आफु कुन फिल्मबाट बलिउडमा कम्ब्याक गर्ने कुराको कुनै खुलासा गरेका छैनन् |

Leave a Reply

%d bloggers like this: