Fri. Mar 29th, 2024

मनोरंजनसंसार डटकम
नेपालमा चाडबाडको लहर कहिले पनि सकिदैन | एक पछि अर्को पर्बहरु हाम्रो देशमा आइनै रहेको हुन्छ | पर्ब संगै नेपाली गीत संगीतको आउने क्रम पनि निकै तिब्र हुने गर्दछ | हाम्रो देशमा नेपाली चलचित्र क्षत्र देखि नेपाली गीत सांगीतिक सम्म सबै व्यक्तिहरु आफ्नो प्रस्तुति सार्वजनिक गर्न चाडबाडको पर्खाइमा हुने गर्दछन् | नेपाली महिलाहरुको बिशेष पर्ब हरितालिका तीज भर्खरै मात्र हामीबाट सकेर गएको छ | त्यस बिचमा धेरै गीतहरु दर्शक माझ आए | अब पालो छ सम्पूर्ण नेपालीहरुको महान चाड बडा दशैंको | यस चाडको छुट्टै विशेषता र धार्मिक मुल्य मान्यता रहेका छन् | सम्पूर्ण क्षत्रबाट यस चाडलाई निकै राम्रो बनाउने पहल र प्रयास हुने गर्दछ | यसै बीच गायक शिव थापा मगरले पनि यस्तै पहल र प्रयास गरेका छन् | भर्खरै मात्र उनको नया “दशैं आयो” बोलको गीत युटुब मार्फत सार्वजनिक गरिएको छ | सबै विधाको गीत लेख्ने र गाउन अब्बल रहेका गायक यस पटक भने बिल्कुलै फरक प्रस्तुतिको साथमा दर्शक सम्क्ष प्रस्तुत हुने प्रयास गरेका छन् |
shiva-thapa-magar
shiva-thapa-magar
सार्वजनिक उनको यस गीतमा स्वर शब्द संगीत र कम्पोजिसन स्वयम गायक शिव थापा मगरकै रहेको छ | उक्त गीतलाई अरेन्ज गर्ने काम उदय राज पौडेलले गरेका छन् भने गीतलाई भाइबेस क्रिएसन मार्फत सार्वजनिक गरिएको छ | गीतको म्युजिक भिडियो पनि अत्ति नै सरल र सुन्दर बनेको छ जसलाई रोशन भट्टराईले निर्देशन गर्नुभएको छ |
shiva-thapa-magar
shiva-thapa-magar
नेपाली दर्शकहरुलाई आफ्नो तर्फबाट यो गीत दशैंको कोसेली रहेको कुरा गायक शिव थापा मगरले बताउनु भएको छ | हामी सबै नेपाली रहेको र आफ्नो संस्कृति र रिति रिवाजलाई हामी सबैले जगेर्ना गर्नुपर्छ भन्ने भनाई उनको रहेको छ | उनले यस गीतमा नेपालीको संस्कृतिको निकै सहज रुपमा बयान गरेका छन् | उनको हरेक शब्दले निकै मनमोहक अर्थको बिस्लेषण गर्दछ | आफ्नो लामो समयको अनुभब र साधना स्वरुप सधै दर्शकहरुलाई नया प्रस्तुत गर्न खोजेको र निरन्तर रुपमा यहि प्रयासको साथमा आफु अगाडी बढ्ने विश्वास उनले ब्यक्त गरेका छन् |
shiva-thapa-magar
हेर्नुस गीत :

Leave a Reply

%d bloggers like this: