Fri. Apr 26th, 2024

मनोरंजनसंसार डटकम
गएको बर्ष अमेरिकाको लस एन्जल्समा सम्पन्न भएको फिल्म फेस्टिभलमा एसियाकै प्रतिनिधित्व गर्दै स्कृनिङको अवसर पाएको नेपाली शर्ट चलचित्र “होक्से” अहिले युटुबमा सार्वजनिक भएको छ | चलचित्रमा नायक आर्यन सिक्देल र नायिका नम्रता श्रेष्ठको अभिनय रहेको छ | चलचित्रमा नम्रताको लागि आर्यनले आफ्नो मृगौला सम्म बेच्न पछि नहटेको कुरा लगाएतका दर्दनिय कहानी हामी देख्न सक्दछौ |
hokse
चलचित्र होक्से काभ्रेपलाञ्चोक नजिकैको गाउको कथामा आधारित रहेको छ | त्यस गाउको बासिन्दाहरु बाध्यता र परिबन्दमा परेर आफ्नो शरीर भित्रको मृगौला समेत पछि पर्दैनन् | रातो माटो भएका कारण मकैबाहेक केही नफल्ने गाउँका मानिसहरु आफ्नो जीवन धान्नको लागि तथा आफ्नो र परिवारको इच्छा पूर्तिको लागि कुनै उपाय नपाई केहि रकममा आफ्नो मृगौला समेत बेच्न बाध्य छन् |
७ मिनेट १२ सेकेण्ड लामो चलचित्रमा सोहि गाउको मार्मिक कहानीलाई निकै सहज रुपमा प्रस्तुत गर्ने प्रयास निर्देशक प्रशन्न पौडेलले गरेका छन् | चलचित्र हेरिसकेपछि सम्पूर्ण दर्शकहरुको मनमा धेरै कुराको महसुस हुनेछ |
हेर्नुस चलचित्र :

Leave a Reply

%d bloggers like this: