Sat. May 4th, 2024

मनोरंजनसंसार डटकम
नायक सबिन श्रेष्ठको प्रस्तुति रहेको चलचित्र “हिरो रिटर्न्स” को अहिले उपत्यका बाहिर निकै तिब्र रुपमा छायांकन भैरहेको छ | आशिष भेटवालको निर्देशनमा तयार हुदै गरेको चलचित्रमा रेखा थापा , सबिन श्रेष्ठ , दिल श्रेष्ठ , सरोज खनाल लगाएतका कलाकारहरुको मुख्य भूमिका रहेको छ | चलचित्रमा शिवम अधिकारीको कथा, मदनकाश्यप घिमिरेको छायांकन, दिपक शर्मा र टंक बुढाथोकीको संगीत, कविराज गहतराजको कोरियोग्राफी र चन्द्र पन्तको एक्सन रहेको छ | चलचित्रको निर्मातामा चन्द्र गौतम , सहदेव गौतम र भिम न्यौपाने रहेका छन् |
चलचित्र पूर्ण रुपमा एक्शन र कमेडी जेनेरमा तयार हुने जानकारी निर्माण पक्षेले दिएको छ | चलचित्रको कथा बस्तु निकै उत्कृष्ट रहेको र चलचित्रले सम्पूर्ण दर्शकहरुलाई भरपुर मनोरंजन प्रदान गर्ने कुरा निर्माता तथा नायक सबिन श्रेष्ठले बताएका छन् | चलचित्रको बजार वितरकको जिम्मा गोबिन्द शाहीले लिनुभएको छ |

Leave a Reply

%d bloggers like this: