Thu. Apr 25th, 2024

मनोरंजनसंसार डटकम
डाइनामिक इन्टरटेनमेन्ट वोर्ल्डको प्रस्तुति रहेको चलचित्र “कारखाना” को अहिले धमाधम सुटिङ्गको काम भैरहेको छ | चलचित्रको अहिले काठमाडौँ उपत्यका भित्र थुप्रै ठाउँहरुमा निकै तिब्र रुपमा छायांकन भैरहेको छ | अमरद्विप सापकोटाको लेखन तथा निर्देशनमा बन्दै गरेको चलचित्र “कारखाना” मा चन्द्र पन्तको द्वन्द्व , हर्कुलस बस्नेत र अनिल शाहीको संगीत र कविराज गहतराजको नृत्य रहनेछ ।
चलचित्रमा सुशिल श्रेष्ठ, वर्षा शिवाकोटी, जेविका कार्की, मौसमी मल्ल, नागेन्द्र रिजाल लगायतको कलाकारहरुको अभिनय रहेको छ | दयाराम दाहाल, सुशिल पोख्रेल र निर्देशक स्वयमको पटकथा तथा संवाद जोडिएको चलचित्रमा निरज कंडेलको छायांकन रहेको छ | चलचित्रको निर्माता तर्फ भने सुदिप खड्का, राजेन्द्र केसी, अम बज्राचार्य र सुर्याश खड्का रहेका छन् |
चलचित्रको कथा बस्तु निकै राम्रो रहेको र गीत संगीत यसको अब्बल पक्ष रहेको कुरा निर्माण पक्षेले जानकारी दिएको छ | नेपाली सामाजिक परिवेशको कुराहरुलाई निकै सहज रुपमा चलचित्रमा प्रस्तुत गर्न खोजिएको र नेपाली दर्शकहरुले यसलाई स्वीकार गर्नुहुने विश्वास निर्माता सुदिप खड्काले ब्यक्त गर्नुभएको छ | चलचित्रको बजार वितरकको जिम्मा गोबिन्द शाहीले लिनुभएको छ |

Leave a Reply

%d bloggers like this: