Thu. May 9th, 2024

मनोरंजनसंसार डटकम
एस के थापा प्रोडक्शनको व्यानरमा निर्माण हुन लागेको चलचित्र “ए मेरो हजुर” ले आफ्नो पहिलो चरणको उपत्यका भित्रको छायांकन सकेर अहिले पोखरा पुगेको छ | अहिले पोखरामा चलचित्र “ए मेरो हजुर” को धमाधम छायांकन भैरहेको छ | चलचित्रले पोखरा पश्च्यात छायांकनको लागि मनाङ्ग तर्फ जाने कुरा निर्माण पक्षेले बताएको छ |
नायिका झरना थापाको डेब्यु निर्देशनमा बन्दै गरेको चलचित्रमा निर्माता भने स्वयम उनको श्रीमान सुनिल कुमार थापा रहेका छन् | चलचित्रमा नायिका साम्राज्ञलक्ष्मी शाहको साथमा नव नायक सलिन मान बानियाले डेब्यु गर्दैछन् | चलचित्रमा साम्राज्ञलक्ष्मी शाह र सलिन मान बानिया संगै सलोन बस्नेत , बुद्धि तामाङ, अनुभव रेग्मी लगाएतका कलाकारहरुको अभिनय रहेको छ | चलचित्रको कथा बस्तुको बारेमा बिस्तृत रुपमा भने निर्माण पक्षेले केहि पनि खुलाएको छैन | चलचित्रको काठमाडौँ उपत्यका भित्रको बजार वितरकको जिम्मा गोबिन्द शाहीले लिनुभएको छ भने उपत्यका बाहिरको बजार वितरकको जिम्मा केदार प्रसाद पराजुलीले लिनुभएको छ |

Leave a Reply

%d bloggers like this: