Sun. May 19th, 2024

मनोरंजनसंसार डटकम
भाद्र १७ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र “लालजोडी” को “मा कसम” बोलको नया गीत सार्वजनिक भएको छ | चर्चित नायिका रेखा थापा र प्रलाद तिमिल्सिनाको सुमधुर स्वरमा सजिएको गीतलाई थानेश्वर गौतमले संगीत दिएका छन् भने शब्द स्वयम निर्देशक लक्ष्मण सुबेदीको रहेको छ | लिड कलाकार ज्योति काफ्ले र रजनी केसी फिचरिङमा रहेको गीतमा नृत्य निर्देशन रामजी लामिछानेको छ ।
कमेडी जनरामा बनेको फिल्म अहिले दर्शक माझ निकै चर्चामा रहेको छ । फिल्ममा रजनि र ज्योती (नक्कली बाबुराम) सँगै बुद्धि तामाङ, गोविन्द कोईराला, आयुष्मा कार्की लगायत लिड रोलमा छन् । चलचित्रका निर्देशक लक्ष्मण सुबेदी हुन् | चलचित्रले दर्शकलाई भरपुर मनोरंजन प्रदान गर्ने विश्वास उनले ब्यक्त गरेका छन् |
हेर्नुस गीत :

Leave a Reply

%d bloggers like this: