Sat. May 18th, 2024

मनोरंजनसंसार डटकम
अहिले नेपाली गीत संगीत क्षत्र निकै नै विकसित हुदै गैरहेको अवस्था छ | निकै नै राम्रा गीतको साथमा उत्कृष्ट प्रतिभाको आगमन हुने क्रम पनि तिब्र रहेको छ | यसै बीच नवलपरासीबाट आफ्नो सांगीतिक यात्रा सुरु गरेका गाएक भूप नारायण चौधरी अहिले सफलताको पाइला चालिरहेका छन् | केहि समय अगाडी “यो माया को कस्तो चाला” बोलको गीत दर्शक माझ पस्केका उनि अहिले त्यसै गीत मार्फत दर्शकहरुको मन मुटुमा बस्न सफल रहेका छन् | उनको प्रतिभाको सम्पूर्ण दर्शकले सम्मान गरि सहि मुल्यांकन गरिदिनुभएको छ | यहि उत्साह संगै उनि अब फेरी दर्शक माझ अर्को नया कोसेली पस्किने तयारीमा छन् | उनले आफ्नो पहिलो गीत जस्तै अब चाडै आउन लागेको र आफ्नो दोस्रो गीतलाई पनि सम्पूर्ण दर्शकहरुले मनपराई माया गरिदिनुहुने विश्वास ब्यक्त गरेका छन् |
bhup-narayan-chaudhary
bhup-narayan-chaudhary
गीत संगीत क्षत्र भन्दा टाढाको पृष्टभुमिमा हुर्केको भएपनि आफ्नो संगीत प्रतिको लगावले आफु यो ठाउँ सम्म आइपुगेको कुरा उनि बताउछन् | गीत संगीत आफ्नो लागि पहिलो प्राथमिकता रहेको र यसलाई आफुले निरन्तर रुपमा अगाडी बढाउदै लैजाने कुरा पनि उनले प्रस्ट परेका छन् | निकै नै कम समयमा दर्शकको नजरमा पर्न सफल भएका उनि अहिले आफ्नो नया गीतको तयारीमा ब्यस्त छन् | दर्शकको टेस्टलाई निकै नै राम्रो संग बुझेका उनले अबको आफ्नो नया गीत पहिले भन्दा पनि अझै राम्रो बनाउने प्रयास आफुले गरेको कुरा उनले उल्लेख गरेका छन् |
हेर्नुस गीत :

Leave a Reply

%d bloggers like this: