Sat. May 4th, 2024

मनोरंजनसंसार डटकम
यशराज ब्यानरले निर्माण गर्न लागेको नयाँ चलचित्र ‘ठग’मा नायक आमिर खानले काम गर्ने चर्चा त अब पुरानो भैसक्यो । आमिरले चलचित्र ‘दंगाल’को छायांकन सकेसँगै यो चलचित्रमा काम गर्नेछन् । सुरुवातमा यो चलचित्रमा ऋतिक रोशनले काम गर्ने पक्का जस्तै थियो । तर, डेट नमिलेका कारण ऋतिक यो चलचित्रबाट ब्याक भएका थिए ।
आमिरले काम गर्ने यो चलचित्रलाई विजयकृष्ण आचार्यले निर्देशन गर्दैछन् । तर, अब एउटा नयाँ खबर चलचित्रलाई लिएर सार्वजनिक भएको छ, जसले धेरैको ध्यान खिच्न सक्छ ।
यो चलचित्रमा नायक आमिर खानसँग बलिउडका सुपरस्टार नायक अमिताभ बच्चनले पर्दा शेयरिङ गर्दैछन् । अमिताभ र आमिरको जोडी एकसाथ पर्दामा देखियो भने यसले नयाँ तरंग ल्याउन सक्छ ।

Leave a Reply

%d bloggers like this: