Thu. Apr 25th, 2024

मनोरंजनसंसार डटकम
बलिउडमा सलमान खान जस्तै बन्ने सपना देख्ने कलाकार धेरै छन् तर, सलमान खान त्यस्ता कलाकार हुन् जो कहिल्यै अरु जस्तो बन्न चाहेको कुरा गर्दैनन् ।
तर, पछिल्लो समय सलमान खान अभिनेता नवाजुद्दिन सिद्दिकीवाट बढी नै प्रभावित रहेछन् ।
सोहिल खान निर्देशित चलचित्र ‘फिक्री अली’ को ट्रेलर लञ्चको अवसरमा आयोजित कार्यक्रममा सलमानले नवाजुद्दिनलाई ‘अलग सलमान’ घोषणा गरिदिए । ‘नवाजुद्दिन बलिउडका सबै भन्दा विनम्र र क्षमतावान कलाकार हुन्’, उनले भने ।
उनले पूर्व प्रेमिका कट्रिना कैफको बिषयमा पनि मुख खोलेरै बोले । उनले भने-‘कट्रिना मेरो साथी हुन्, हमेशा मेरै साथी हुनेछिन् ।’यस चलचित्रमा नवाजुद्दिन र एमी ज्याक्सनको मुख्य भुमिका छ । ‘फिक्री अली’ र कट्रिना अभिनित ‘बार -बार देखो’ एउटै मितिमा प्रदर्शन हुने भएका छन् ।
सलमानको भनाई अनुसार दुबै चलचित्र अलग-अलग जनरामा बनेका छन्, यसैले यी दुइविच प्रतिस्पर्धा हुँदैन । सलमानका अनुसार उनको बलिउडमा सबैभन्दा नजिकका साथी साहरुख खान र आमिर खान हुन् । उनले नायक संजय दत्तलाई पनि सानैबाट चिनेकाले नजिकका साथी भनेका छन् ।

Leave a Reply

%d bloggers like this: