Thu. May 2nd, 2024

मनोरंजनसंसार डटकम
टाढावाट हेर्दा फिल्मी संसार निकै रंगीन देखिन्छ । तर, यसको भित्री पाटो बाहिरवाट देखिए जस्तै रंगीन छैन सबैका लागि ।
नवोदित मात्रै हैन कतिपय स्थापित नायिकाले समेत आफु काष्टिङ काउचको शिकार भएको टिप्पणी गर्ने गरेका छन् । यतिसम्म कि कतिपय नायिकाले आफुलाइ निर्देशकले यौन प्रस्ताब राखेको समेत आरोप लगाउने गरेका छन् । हेरौं काष्टिङ काउचको शिकार हुने नायिका को को रहेछन्ः
ममता कुलकर्णीः ड्रग्स कारोवारको आरोपमा भारतीय प्रहरीको खोजीको सूचिमा रहेकी नायिका ममता कुलकर्णीले निर्देशक राजकुमार सन्तोषीले आफुलाई सेक्स प्रस्ताव राखेको आरोप लगाएकी थिइन् ।
ममताको भनाई अनुसार चलचित्र ‘चाइना गेट’ को सुटिङ हुँदै गर्दा सेटमै उनले सेक्स प्रस्ताव राखेका थिए । ममताले नमानकै कारण निर्देशक सन्तोषीले उनको रोल घटाएका थिए भने अन्य फिल्मवाट निकाले । त्यसपछि ममता अन्य फिल्ममा देखिइनन् ।
शिल्पा शिन्देः टेलिभिजनमा आउनु अघि शिल्पा शिन्दे मोडलिङ गर्थिन् । स्ट्रगलकै समयमा एक फिल्मका लागि अडिसन दिने क्रममा कास्टिंग काउचको शिकार भइन् उनी । सोही प्रकरणमा उनले एक थप्पड समेत खानु परेको थियो ।
चित्रांगदा सिंहः केहि महिना अघि मात्रै चित्रांगदा सिंहले ‘बाबुमोशाय बंदुकबाज’ फिल्म सुटिङ गर्दा गर्दै छोडिन् । उनको भनाई अनुसार निर्देशक कुशानले भद्दा सेक्स सिनका लागि नायिकालाई वाध्य पारे । सोही कारण उनले फिल्म नै छोडेर हिंडिन् ।
????????????????????????????????????
कंगना रनौतः बलिउड क्वीन कंगना रनौत पनि काष्टिङ काउचको शिकार भएकी थिइन् । उनले एक अन्तरवार्ताको क्रममा भनेकि थिईन् । करिअरको सुरुआतमा उनले धेरै समस्या झेलेकी थिईन् । कतिपय अवस्थामा अडिसनपछि सेक्सको माग समेत हुने गरेको बताएकी थिईन् ।
प्रिति जैनः नायिका बन्न चाहने प्रीति जैनले सन २००४ मा निर्देशक मधुर भण्डारकरलाई बलात्कार गरेको आरोप लगाइन् । उनले भनेकि थिईन् ‘मधुरले मलाई सन १९९९देखि सन २००४ सम्म यौन सम्पर्क गरे’ तर, मधुरले भने प्रीतिले आफुलाई धोखा दिएको आरोप लगाए । सन २००६ मा यो केश रद्द भएको थियो ।
पायल रोहतगीः चलचित्र ‘शंघाई’ को अडिसनको क्रममा निर्देशक दिवाकर बनर्जीले पायललाई टप उतार्न दवाव दिएका थिए । उक्त घटनापछि पायलले आफु काष्टिङ काउचको शिकार भएको बताईन् । निर्देशक बनर्जीले भने फिल्मवाट रिजेक्ट भएपछि पायलले मानसिक सन्तुलन गुमाएको टिप्पणी गरे ।
सुरवीन चावलाः चलचित्र ‘हेट स्टोरी’वाट चर्चामा आएकी सुरवीन चावलाले पनि काष्टिङ काउचको शिकार भएको खुलासा गरिन् ।
परिधि शर्माः टेलिश्रृङ्खला ‘जोधा अकबर’ वाट चर्चामा आएकी परिधि शर्माले निर्देशकले यौन शोषण गरेको आरोप लगाईन् । परिधीका अनुसार निर्देशक सन्तराम वर्माले सुटिङको क्रममा उनलाई यौन शोषण गरेका थिए ।
ममता पट्टेलः ‘पान सिंह तमोर’ मा इरफानको को-स्टार रहेकी ममताले इरफानलाई यौन शोषण गरेको आरोप लगाईन् । उक्त चलचित्रको आउटडोर सुटिङमा इरफानले फिल्ममा काम दिलाइदिने भन्दै बलात्कार गरेको आरोप लगाएकी थिईन् ममताले ।
तब्बुः तब्बु र ज्याकी श्राफले आजसम्म एउटै फिल्ममा काम गरेका छैनन् । संगै काम नगर्नुको कारण तब्बुकी बहिनी फराहलाई ज्याकीले जिस्क्याएका थिए । फराहको भनाई अनुसार सुटिङको क्रममा ज्याकीले फराहलाई र्‍याक गरेका थिए तर, घटनाको पुष्टि भने हुन सकेको छैन ।

Leave a Reply

%d bloggers like this: