Fri. Apr 19th, 2024

मनोरंजनसंसार डटकम
नायक सलमान खान विभिन्न समयमा विवादास्पद बयानका कारण चर्चामा आउने गर्छन् । सलमानका बयानहरुले मिडियामा पाउने चर्चाले उनलाई लामो समयसम्म विवादमा तानिदिएको हुन्छ ।
केही महिना अगाडि उनले दिएको ‘रेप’ सम्बन्धी बयानले उनी लामो समयसम्म बिबादमा तानिए । उनै सलमानले मुम्बइमा आयोजित पत्रकार सम्मेलनमा एउटा बयान दिएका छन्, जसले फेरि उनलाई चर्चामा ल्याइदिएको छ ।
मुम्बइमा भाइ सोहिल खानको निर्देशनमा बनेको चलचित्रको ट्रेलर सार्वजनिक कार्यक्रममा पुगेका सलमानले आफ्नो बिहे र शारीरिक सम्बन्धका बिषयमा बोलेका छन् । ट्रेलरमा एक संवाद छ, जसमा मुख्य कलाकार नवाजुद्दिनलाई ‘सेक्स’ भनेर सोध्दा उनले भनेका छन्-‘म चाहन्छु तर बिहे भन्दा अगाडि यस्तो सम्बन्ध राख्नु हुदैन भनेर मेरी आमा भन्नुहुन्छ ।’ उनलाई उनको जेन्डरको बिषयमा सोधिएको हुन्छ ।
यही बिषयमा सलमानसँग पत्रकारले प्रतिक्रिया मागेका थिए । जसमा सलमानले भने-‘म बिहेपछिको सेक्समा विश्वास गर्छु । सेक्स र बिहे दुबै मेरो जीवनमा भएका छैनन् ।’
सलमानको यो बयानले फेरि सामाजिक संजालमा चर्चा पाएको छ । सलमानले निर्माता करण जोहरको एक टक शोमा पनि आफू ‘भर्जिन’ रहेको बताएका थिए ।

Leave a Reply

%d bloggers like this: