Fri. May 3rd, 2024

मनोरंजनसंसार डटकम
एकपछि अर्को गर्दै हरेकजसो फिल्मलाई सफलता दिलाउँदै अघि बढेका वलिउड सुपरस्टार सलमान खान पैसा छाप्ने मेसिनकै रुपमा गनिन्छन् । जहाँ उनको अनुहार समेटिन्छ त्यो बिक्छ, करोडौंको कारोबार हुन्छ ।
यसैकारण पनि सलमानलाई लिएर काम गर्न वलिउडमा निर्माता निर्देशकहरुको लर्को लाग्छ । पछिल्लो पटक ‘सुल्तान’लाई सुपरहिट बनाएका सलमान अहिले नयाँ प्रोजेक्ट ‘ट्युबलाईट’मा व्यस्त भईसक्दा नयाँ खबर बाहिरिएको छ कि, सफल सिरिज रेशको तेश्रो शिक्वेलको लागी उनलाई नै अफर आएको छ ।
वलिउड अनलाईन कोईमोई डटकमले लेखेअनुसार एण्टागोनिष्ट रोलको लागी ‘रेश ३’ बाट सलमानलाई आफर आएको हो तर सलमानले यो विषयमा आधिकारिक धारणा बाहिर ल्याएका छैनन् । समाचारमा जनाईए अनुसार सलमानले स्कृप्ट मन पर्दैगर्दा सोच्नसक्ने बताएको बुझिएको छ ।
रेश र यसको दोश्रो सिक्वेलमा सैफअली खान देखिएका अनि फिल्म सफल पनि भएको भएपनि अहिले सैफको खासै चाम नदेखिएकोले निर्माण टिम सलमानतिर आँखा बढाउन बाध्य भएको हो ।

Leave a Reply

%d bloggers like this: