Mon. May 6th, 2024

मनोरंजनसंसार डटकम
hero-returns
अभिनेता सविन श्रेष्ठ अब निर्माता बनेका छन् । उनको लगानीमा बन्ने फिल्म ‘हिरो रिटर्न्स’ को मंगलबार राजधानीमा औपचारिक घोषणा गरियो । थुप्रै पत्रकारहरुको बिचमा नरेश भट्टराईले कार्यक्रम संचालन गरेका थिए | कार्यक्रममा नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राई , निर्देशक उज्ज्वल घिमिरे ,नेपाल चलचित्र निर्देशक समाजको अध्यक्ष सुचित्रा श्रेष्ठ लगाएतका व्यक्तिहरुको उपस्थिति रहेको थियो |
फिल्ममा हिरो फिल्मबाट डेब्यू गरेकी चर्चित अभिनेत्री रेखा थापा र सविन स्वयंम लिड रोलमा हुनेछन् भने दिल श्रेष्ठ र सरोज खनाल पनि लिड अभिनेतामा लागी फाईनल भएका छन् । यसै गरि चलचित्रका निर्मातामा चन्द्र गौतम पनि छन् |
कार्यक्रममा बोल्दै अभिनेत्री रेखा थापाले सविनको मन छुने प्रस्तावलाई आफूले नकार्न नसकेको बताइन् । उनले यो चलचित्रमा आफू एक्सन अवतारमा नै प्रस्तुत हुने बताइन् । फिल्मलाई आशिष भेटवालले निर्देशन गर्दैछन् उनि यतिबेला अष्ट्रेलियामा छन् ।
चलचित्रको छायांकन काठमाण्डौ, विरगञ्ज र हेटौडामा हुनेछ । कमेडी एक्सन जनरामा बन्ने फिलममा शिवम अधिकारीको कथा, मदनकाश्यप घिमिरेको छायांकन, दिपक शर्मा र टंक बुढाथोकीको संगीत, कविराज गहतराजको कोरियोग्राफी र चन्द्र पन्तको एक्सन रहनेछ ।
हेर्नुस भिडियो :

Leave a Reply

%d bloggers like this: