Sun. May 19th, 2024

मनोरंजनसंसार डटकम
mina-rai
नेपाली सांगीतिक क्षत्रमा अहिले नया प्रतिभाहरु निकै धेरै आइरहेको देखिन्छ | यसै बीच आफ्नो नया गीत “शिरैमा शिरफुल” लिएर गाईका मिना राई दर्शकहरु माझ उपस्थित भएकी छिन् | उनले यो भन्दा अगाडी आफ्नो पहिलो एल्बम “स्कुले जीवन” बजारमा सार्वजनिक गरेर चर्चा कमाईसकेकी छिन् | उनको त्यस एल्बममा ६ वटा उत्कृष्ट गीत समावेश रहेको थियो | तर अहिलेको उनको यो गीत निकै फरक धारमा तयार पारिएको कुरा उनि बताउछिन् |
mina-rai
उनको यस गीतमा शब्द संगीत स्वयम मिना राईको रहेको छ भने गीतको भिडियोलाई रमेश राईले निर्देशन गरेका छन् | गीतको भिडियोमा शान्ता राई , किशोर राई र बिर्सना राईले अभिनय गरेका छन् भने छायांकन बशु बरालको रहेको छ | सार्वजनिक भएको केहि दिनमा नै गीतले युटुबमा निकै चर्चा कमाउन सफल भैसकेको छ |
हेर्नुस गीत :

Leave a Reply

%d bloggers like this: