Thu. Mar 28th, 2024

मनोरंजनसंसार डटकम
करिब दुई वर्ष पहिला यो संसारबाट विदा लिएका निर्देशक आलोक नेम्वाङको आज जन्मदिन । आलोक यो संसारमा नरहेपनि उनले छाडेका यादहरु ताजा नै छन् । उनले उत्पादन गरेका प्रतिभाहरु फूलीरहेका छन् ।
यो बीचमा आलोककै एक्शन कटमा नेपाली रजतपटमा डेब्यू पाएकी अभिनेत्रीले आलोकको जन्मदिन पारेर मर्मस्पर्शी स्टाटस लेखेकी छिन् । नम्रताले अफिसियल फेसबुक पेजमा स्टाटस लेख्दै केहि दिन पहिले आफुले प्राप्त गरेको ‘राष्ट्रिय चलचित्र पुरस्कार’ आलोकप्रति समर्पित गरेकी छिन् ।
फिल्म ‘सानो संसार’बाट आलोकले डेब्यू दिएकी नम्रताले आजको दिन आलोकलाई निकै सम्झेको भन्दै राष्ट्रिय अवार्डसहितको तश्विर सहित आलोकले चाहेको उपलब्धि हासिल गरेको लेखेकी छिन् ।
जहाँ भएपनि आलोकलाई आफुसँगै रहेको कल्पना सहितका भावपुर्ण शब्द सेयर गरेकी नम्रताले आफ्नो पहिलो निर्दैशकलाई समर्पित गर्दै लेखेको तश्चिरसहितको पोष्ट यस्तो छः
namrata with national award status

%d bloggers like this: