Sat. Apr 27th, 2024

चलचित्र ‘वीर विक्रम’को ट्रेलर सार्वजनिक गरिएको छ । भदौ ३ गते प्रदर्शन प्रदर्शनमा आउन लागेको चलचित्र ‘वीर विक्रम’मिलन चाम्सको निर्माण तथा निर्देशनमा तयार पारिएको हो । चलचित्रमा दयाहाङ राई, अर्पण थापा, अनुप विक्रम शाही, बसन्त भट्ट ,दिया पुन, नाजिर हुसेन र शिशिर राणाको साथमा नयाँ प्रस्तुतीको रुपमा दीया पुन र विवेक लिम्बुको अभिनय रहेको छ ।
चलचित्रको सार्वजनिक ट्रेलरमा प्रेम, धोका, बदला र युद्धको कथालाई देखाइएको छ ।लण्डन सीने आइ प्रोडक्शनमा निर्माण भएको यस चलचित्रमा यम थापाको पटकथा, रामकुमार केसीको छायांकन, ताराप्रकाश लिम्बुको संगीत, सम्राट बस्नेतको एक्सन, रेनशा राइको नृत्य निर्देशन रहेको छ ।नायक दयाहाङ राई आफू अभिनित चलचित्र ‘वीर विक्रम’ रिलिजका लागि अष्ट्रेलिया जाने भएका छन् । अगष्टमा अष्ट्रेलियाको सिड्नी, मेलवर्न, व्रिसवेनमा यो चलचित्रको प्रदर्शन हुँदैछ । दयाहाङसँगै बसेर दर्शकले चलचित्र हेर्न पाउने प्रवद्र्धक कम्पनी नमस्ते इन्टरटेन्मेन्टले जानकारी दिएको छ ।

%d bloggers like this: