Sat. Apr 27th, 2024

मनोरंजनसंसार डटकम
sona-mohapatra
सलमान खानले सुल्तान फिल्मको सुटिङ्पछि बाहिर निस्कदाँ आफू ‘बलात्कृत भएकी महिला जस्तो’ अनुभव गरेको भनाइको आलोचना गरेपछि बलिउड गायिका सोना महापत्राले सलमानका प्रशंसकहरूको निशानामा परेकी छन्। सामाजिक संजालमा सलमानका प्रशंसकहरूले उनीमाथी लगाताररूपमा भद्दा टिप्पणी मात्र नगरी उनलाई धम्कीसमेत दिइरहेका छन्। आफूमाथी यसरी सलमानका प्रशंसकहरू खनिएको विषयलाई लिएर सोनाले फेसबुकमा एक पोस्ट लेख्दै आफ्नो पीडा पोखेकी छन्।
उनले लेखेको पोस्टमा बिगत ४८ घण्टामा आफूलाई लगातार धम्की मिलेको जसमा १००० भन्दा बढि बलात्कारको धम्की आएको बताएकी छन्। त्यसै सोनाले दनलाई नग्न र अश्लिल फोटोहरू पनि ठूलो संख्यामा पठाएको उल्लेख गरेकी छन्। उनले यस्ता प्रतिक्रिया दिने र अभद्र व्यवहार गर्नेहरूलाई कुनै किसिमको कारवाही नहुने गरेको दुखेसो पनि पोखेकी छन्।
सोनाले सलमानसँगको पछिल्लो घटनाक्रमलाई लिएर सलमानको विरोशमा ट्विट गरेकी थिइन्। उनले आफ्नो ट्विटमा, ‘महिलालाई पिटे, मानिसलाफ गाडीले किचे, जनावर मारे र यी सारा कुराका बाबजुद देशको हिरो। यो गलत हो। भारत यस्ता फ्यानहरूले भरिइका छन्’, भनेर ट्विट गरेकी थिइन्।
उनको यस्तो ट्विटपछि सलमानका फ्यान सोना विरूद्ध खनिएका सुरू भएका थिए। यसरी खनिएका फ्यानहरूको केहि टिप्पणीको स्क्रिन सट पनि उनले सेयर गरेकी छन्। स्क्रिन सट पोस्ट गर्दै सोनाले, ‘यस्तता ट्विट गर्नेहरू भाइका फ्यान छन्। यसले उनीहरूको हिरोले कस्तो उदाहरण पेस गरेका छन्’, लेखेकी थिइन्। सोनाले यस मुद्दासँग जोडिएका ११ भन्दा ट्विट गरेकी थिइन्।

%d bloggers like this: