Fri. Apr 26th, 2024

मनोरंजनसंसार डटकम
OLYMPUS DIGITAL CAMERA
असार २ गते बिहिबारको दिन पारेर राजधानीमा एभरेष्ट फिल्म एकेडेमीको स्थापना भएको छ | कार्यक्रमलाई संचार मन्त्री शेरधन राईले दिप प्रज्वलन गरि सुभारम्भ गरेका थिए | फिल्म निर्माण, निर्देशन अनि अभिनय समबन्धी कक्षा दिने उद्देश्यले राजधानीको बानेश्वर स्थित मिनभवनमा एभरेस्ट फिल्म एकेडेमीको स्थापना भएको हो।
OLYMPUS DIGITAL CAMERA
एक बर्षको कक्षा सिक्षण दिने उद्देश्यले नाम चलेका अनि वरिष्ट फिल्मकर्मीहरुको सकृयतामा एकेडेमी सञ्चालनमा आएको हो । एकेडेमीको सञ्चार मन्त्री शेरधन राईले बिहिबार उद्घाटन गर्नु भएको छ । एकेडेमी प्राईभेट कम्पनिको रुपमा रहनेछ । कुनै विश्वविधालयबाट सम्बन्धन भने प्राप्त छैन् ।
वरिष्ट कलाकार सुनिल थापा अध्यक्ष रहेको एकेडेमीको निर्देशकमा उज्जल घिमिरे छन् भने कार्यकारी निर्देशकमा प्रकाश पुरी रहँदा अन्य टिम सदस्यमा जोत्सल राजभण्डारी र विशाल श्रेष्ठ छन् ।
OLYMPUS DIGITAL CAMERA
सरकारी स्तरबाट ओस्कार कलेजले फिल्म कक्षा दिईरहेको समयमा प्राईभेट स्तरमा एभरेष्ट एकेडेमी सञ्चाललनमा आएको हो । बिहिबारबाट नै भर्ना फर्म खुला भएको आयोजकको तर्फबाट कार्यकारी निर्देशक प्रकाश पुरीले बताए ।
उनका अनुसार एक बर्षे कक्षाको लागी ६० जना विधार्थी अन्तर्वार्ता र अडिशनको आधारमा छनोट हुनेछन् भने बर्षभरीको पढाई शुल्क १ लाख २० हजारको आसपास रहनेछ । निर्देशन, अभिनय, सिनेमाटोग्राफी तथा सम्पादन लगायतका क्षेत्र फिल्म पढाईको मुख्य केन्द्र मानिएको छ ।
विधार्थीहरुलाई लक्ष्मीनाथ शर्मा, उज्जल घिमिरे, प्रेम उपाध्याय, विश्व बस्नेत, रजनी पन्त, गौरी मल्ल, गंगाप्रसाद तिवारी, चन्द्र पन्त, रेनशा राई, टंक चौलागाईं, विष्णु कल्पित र दशरथ गिरीले आफ्नो आफ्नो क्षेत्रसँग जोडिएको विधामा कक्षा सिक्षण दिनेछन् ।
OLYMPUS DIGITAL CAMERA
OLYMPUS DIGITAL CAMERA
OLYMPUS DIGITAL CAMERA
OLYMPUS DIGITAL CAMERA
फिल्मकर्मीहरुको बाक्लो उपस्थिती रहेको कार्यक्रमा बोल्दै चलचित्र विकास वोर्ड अध्यक्ष राजकुमार राईले पुराना पुस्ताका अनि खारिएका फिल्मकर्मीहरुले आफ्नो अनुभवलाई गिफ्टको रुपमा नयाँ पिँढीलाई हस्तान्तरण गर्ने उद्देश्यले खोलिएको एकेडेमीलाई सफलताको शुभकामना दिए ।
OLYMPUS DIGITAL CAMERA
पहिलो एक वर्षको रिजल्ट हेरेर सरकारी कलेज ओस्कारलाई जस्तै यो एकेडेमीलाई पनि विकास वोर्डले आवश्यक सहयोग गर्दै जाने राईको भनाई थियो । ‘उद्देश्य राम्रो लिएर अघि बढ्दा साथ सबैको रहन्छ, फिल्म उद्योगको पक्षमा राम्रो कामको लागी सुरुवात हुने सबै काममा विकास वोर्ड सधैँ सँगसँगै रहनेछ’, राईले भने ।
OLYMPUS DIGITAL CAMERA
OLYMPUS DIGITAL CAMERA
त्यस्तै एकेडेमी अध्यक्ष सुनिल थापाले पैसा कमाउने उद्धेश्यले नभई सामाजिक कार्य स्वरुप एकेडेमी स्थापना गरेको बताए । थापाले युरोपको प्रतिच्छित विश्वविधालयसँग सम्बन्धन लिने विषयमा कुरा अघि बढेको समेत खुलाए ।
OLYMPUS DIGITAL CAMERA
त्यहाँ उपस्थित सम्पूर्ण नया तथा पुराना कलाकारहरुले एकेडेमीको खुलेर प्रशंसा गरे | एकेडेमीले धेरै नया र दक्ष चलचित्रकर्मी यस नेपाली चलचित्र क्षेत्रलाई प्रदान गर्नेछ भन्ने कुरामा पनि सबैले विश्वास ब्यक्त गरेका छन् | आफुहरुले परेर सिकेको र जानेको तर अबको पिडिले पढेर र अनुभवले जान्ने छन् भन्ने पनि धेरैको भनाइ रहेको थियो | करिब २ घण्टाको कार्यक्रममा संचार मन्त्री शेरधन राई , सुनिल थापा , उज्ज्वल घिमिरे , प्रकाश पुरी लगाएतले मन्तब्य राखे भने बिचमा विल्सन बिक्रम राईले कार्यक्रमलाई हासोमय पनि बनाएका थिए |
OLYMPUS DIGITAL CAMERA
यस एकेडेमीका निर्देशक उज्ज्वल घिमिरेले अब आउन चाहने नया कलाकारलाई यस एकेडेमीले नया अवसर दिनुको साथै निकै नै राम्रो बाटो तयार पार्ने कुरा पनि प्रस्ट पारेका छन् | चलचित्र क्षेत्रको विकासमा पनि यसले ठुलो टेवा पुराउने कुरा पनि उनले औल्याएका छन् | नेपालको खस्किदो कला क्षेत्रलाई यस
एकेडेमीले एउटा नया दिशा तर्फ़ उन्मुख गराउने कुरामा पनि उनले विश्वास ब्यक्त गरेका छन् |

%d bloggers like this: