Sat. Apr 27th, 2024

मनोरंजनसंसार डटकम
अहिलेका चर्चित नायक अनमोल केसी अभिनित “होस्टेल”,”जेरी”,”ड्रिम्स” र “गाजलु” यि चारै वटा सिनेमा ब्यापारिक रुपले सफल भए । तर,अब उनले करिब ६ महिना फिल्म नखेल्ने भएका छन् ।
अनमोलले नयाँ फिल्म ‘कृ’ को तयारीको कारण देखाउदै सो अबधिमा कुनै पनि फिल्म नखेल्ने उद्घोष गरेका हुन् । अब उनी ६ महिना पछि ‘कृ’ नामक चलचित्रमा काम गर्ने भएका छन् । उक्त चलचित्रका लागि आईतबार राजधानीमा निर्माता र केसी बिच सम्झौता समेत भएको छ ।अनमोलले यस चलचित्रको लागि २० लाख पारिश्रमिक पाउने भएका छन् |
द सुपर काजोल फिल्मस्को प्रस्तुती र सुवास इन्टरटेन्मेन्टको निर्माणमा उक्त चलचित्र बन्नेछ । सुवास इन्टरटेन्मेन्टको तर्फबाट निर्माता सुवास गिरी र नायक अनमोल केसीले संझौता पत्रमा हस्ताक्षर गरेका छन् ।
नेपाली चलचित्र क्षेत्रलाई एउटा डुब्दो अवस्थाबाट माथि उतार्ने काम गरेका निर्देशक सुरेन्द्र पौडेलले चलचित्र ‘कृ’ को निर्देशन गर्ने भएका छन् | जसले यसअगाडि चलचित्र ‘आभाष’ निर्देशन गरेका थिए । लूट जस्तो सफल चलचित्रलाई राम्रो इडिटिंग गरेर दर्शक माझ प्रस्तुत भएका उनि चलचित्रका निकै नै अनुभवी व्यक्ति मानिन छन् | चलचित्रमा श्री पराजुली सह–निर्माता र कमल गिरी कार्यकारी निर्माताको रुपमा रहनेछन् ।
यो चलचित्रका लागि आफूले ६ महिनाको समय मागेको अनमोलले बताए । उनले भने‘६ महिना पूर्ण रुपमा अन्डर ग्राउन्डेड (भुमिगत) बनेर तयारी गर्नेछु ।’ अनमोलले आफूलाई निर्माताले अफर गरेर यति पारिश्रमिक लिएको भन्दै आफू लक्की भएको बताए । उनले मिडिया संग भने–‘म आफ्नो भविष्यलाई कसरी डिमाण्डेड बनाउ’ भनेर पनि सोच्छु । साथमा निर्माता पनि सन्तुष्ट हुनुपर्छ भन्ने मान्यता राख्छु |
डेढ करोड भन्दा बढि लगानीमा बन्ने खबर आएको यो फिल्मको अर्को बर्षको दशैंमा रिलिज गरिने लक्ष्य राखिएको छ । फिल्मलाई मनोज राठीले वितरण गर्ने छन्। फिल्मको कथा छेतेन गुरुङ र आशिष रेग्मीले लेखिरहेका छन् ।
‘कृ’को अर्थ बदला लिनु हो । निर्देशक पौडेलले भने–‘कृ’ एउटा संस्कृत शब्द हो । संस्कृत भाषाको पनि जगेर्ना गर्नुपर्छ भन्ने हाम्रो मान्यता हो । यो चलचित्रमा अनमोलले अहिलेसम्म नगरेको भूमिका गर्नेछन् ।’ चलचित्रको फाल्गुनबाट छायांकन हुने जानकारी पनि उनले दिएका छन् |

%d bloggers like this: