Sat. Apr 20th, 2024

मनोरंजनसंसार डटकम

OLYMPUS DIGITAL CAMERA
OLYMPUS DIGITAL CAMERA

जेठ ३१ को शुभ साइत पारेर राजधानीमा चलचित्र ” दर्पण छायाँ २ ” को घोषणा गरिएको छ | १६ बर्ष पहिले बनेर व्यापारिक रुपमा हिट भएको फिल्म ‘दर्पण छायाँ’ अब नयाँ कथा अनि परिवेशमा बन्ने भएको छ । ‘दर्पण छायाँ २’ नाममा घोषणा भएको फिल्मलाई सिक्वेलको रुपमा भने लिईएको छैन् ।
OLYMPUS DIGITAL CAMERA
फिल्म घोषणा कार्यक्रममा बोल्दै निर्देशक तुलसी घिमिरेले फिल्मलाई ‘दर्पण छायाँ’को सिक्वेलको रुपमा नलिन आग्रह गरे । उनले भने, ‘त्यो बेलाको कथा र प्रस्तुती समय सापेक्ष थियो तर अहिले समय बदलिएको छ, पात्र बदलिएका छन्, नाम सापटी लिईए पनि सिक्वेल भन्न मिल्दैन ।’ चलचित्र पूर्ण रुपमा म्युजिकल इमोसनल ड्रामा हुने कुरा पनि उनले जानकारी दिएका छन् |
OLYMPUS DIGITAL CAMERA
निर्देशक घिमिरेले नेपाली फिल्म उद्योगको लागी त्याग र बलिदानी दिनेहरुको युगको सम्भना स्वरुप सर्जकको छायाँलाई चिनाउने उद्धेश्यले फिल्म बनाउन लागेको बताए । फिल्मको १० प्रतिशत छायाँकन अमेरिकामा भईसकेको पनि उनले खुलाए ।
OLYMPUS DIGITAL CAMERA
OLYMPUS DIGITAL CAMERA

एक हप्ता भित्रै फ्लोरमा जाने यो फिल्ममा पुराना अनुहार भने कोहि दोहोरिएका छैनन् । डा. लोपसाङ लामाको प्रस्तुति तथा सबु गडाल कार्की र रबि कार्कीको निर्माणमा बन्ने फिल्ममा पुष्प खड्का, साहारा कार्की र श्रद्धा प्रसाईं लिड रोलमा हुनेछन् ।
OLYMPUS DIGITAL CAMERA
OLYMPUS DIGITAL CAMERA
OLYMPUS DIGITAL CAMERA

रामेश्वर कार्कीले खिच्ने फिल्म साहारा फिल्मस् प्रोडक्शन प्रालीको पहिलो प्रस्तुतीमा तयार हुनेछ । जुलाईको दोश्रो हप्तासम्म छायाँकन सकाएर यो बर्ष नै रिलिज गर्ने योजना स्वरुप काम अघि बढ्ने निर्देशक घिमिरेले बताए ।

%d bloggers like this: