Mon. Apr 29th, 2024

मनोरंजनसंसार डटकम
relation
चलचित्र मिति नैजिकिदै संगै नेपाली बजारमा धेरै चलचित्रको प्रचार प्रसार व्यापक रुपमा हुने गर्दछ | यस्तै अहिले नेपाली बजारमा अहिले चलचित्र “रिलेशन” को निकै धेरै चर्चा भएको पाइएको छ | चलचित्र” रिलेशन” पूर्ण रुपमा देशलाई समर्पित रहेको कुरा निर्माता दिवाकर महर्जनले बताउनु भएको छ | चलचित्रमा थुप्रै गहन बिषयहरु उठाइएको छ | अहिले हाम्रो देशमा खस्किदो गहिरहेको खेल जीवन र यसको उत्थारनको लागि के-कस्तो कुरा गर्न सकिन्छ भन्ने संदेश यस चलचित्रले प्रदान गर्न खोज्दै छ | लामो समयको देशबाहिरको बसाई संगै आफुले धेरै कुरा जानेको बुझेको र महसुस गरेर देशलाई चलचित्र मार्फत केहि योगदान दिने प्रयास गरेको कुरा पनि उनले उल्लेख गरेका छन् | चलचित्रले धेरै खेल प्रेमी बेक्ती लगाएत सम्पूर्ण खेलाडीहरुलाई खेलजीवनमा तत्पर रहन हौसला प्रदान गर्नेछ भन्ने कुरामा उनि निकै बिस्वस्त देखिनछन् |
चलचित्र रिलेशन का निर्देशक दिपेन्द्र प्रसाद दाहाल हुन् | उनि करिब २२ वर्ष देखि यस क्षेत्रमा तत्पर छन् | उनले आफुले दर्शकहरु माझ राम्रो चलचित्र प्रस्तुत गर्न खोजेको र दर्शकहरुले आफुलाई साथ दिने विश्वास पनि बेक्त गरेका छन् | चलचित्र को पहिलो प्राथमिकता देश विकाश रहेको संगसंगै समाज परिवर्तनको लागि पनि यसले निकै ठुलो भूमिका खेल्ने कुरा निर्देशक दाहालको भनाइ रहेको छ | चलचित्रमा हाम्रो नेपाली समाजको कमजोरी र त्यसको निर्धारणलाई दुरुस्त उतारन खोजिएको कुरा पनि उनले उल्लेख गरेका छन् |
फिल्ममा रमेश के.सी. मट्टारे, सुशिल पोखरेल, लक्षण विक्रम बस्नेत, विद्या कार्की, उपेन्द्र तिमिल्सिना, दिनेश श्रेष्ठ, राधा श्रेष्ठ, गीता अधिकारी, दिवाकर महर्जन, क्रिष्टिना नुनास, लक्षण थामी, सुदिप कँुवर, कृष्ण रसाल, महिमा सिलवाल आदिको अभिनय रहेको छ ।चलचित्रमा गोविन्द प्रभातले नृत्य निर्देशन गरेका छन् भने अष्ट महर्जन र कुमार महर्जनको द्वन्द्व रहेको छ |
चलचित्रमा समावेश कथा बस्तु र गीत संगीत यसको बलियो पछ्ये रहेको कुरा निर्माण टिमले जानकारी दिएको छ | चलचित्र असार १० गते बाट देशभरका हलहरुमा एकैसाथ प्रदर्शन हुदैछ | यो चलचित्र नेपाल बाहेक बाहिर १० वटा भन्दा बढी राष्ट्रमा चल्ने पक्का भईसकेको छ | चलचित्रले जून १२ मा अमेरिकामा हलिउड थेटरमा आफ्नो प्रदर्शन गर्दैछ |
हेर्नुस ट्रेलर:


हेर्नुस गीत:

%d bloggers like this: